SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/५ गते
    ८२८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भित्रभित्रै विवाद चर्किएको छ। बाहिर साम्य जस्तो देखिएपछि नेकपाभित्र ठूलै युद्ध चर्किने देखिएको हो। गत बैशाख ीवैशाख महिनाभर सत्तारुढ नेकपाभित्र चर्किएको विवाद जेठ लागेपछि सामसुमजस्तै भएको थियो।
    तर, फेरी विवाद उत्कर्षमा पुग्ने देखिएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वैशाखदेखि नै असन्तुष्ट नेताहरुले एमसीसी, स्थायी समिति बैठक, मन्त्रीमण्डल पुनर्गठन, नक्सा संशोधन, बजेट, विभिन्न स्थानमा गरिएको नियुक्ति र प्रदेशदेखि कार्यविभाजनको विषयहरुलाई विभिन्न ठाउँमा उठाउँदै आएका छन्। अब बस्ने बैठकमा यी विषय चर्को रुपमा उठ्नेछन्।

    एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा पार्टीभित्र एकमत बन्न सकेको छैन। सचिवालयमै सहमति जुट्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक बैठक नै स्थगित गराएका छन्। अब उनी यो विषयमा स्थायी समितिको बैठकमा छलफल चलाउने योजनामा छन्। स्थायी समिति बैठक असार १० गते बोलाइएको छ।

    एमसीसीलाई परिमार्जन नगरी पास गर्न नहुनेमा नेकपाभित्र बलियो मत छ। खनाल, स्थायी समिति सदस्य भीम रावल लगायतका नेता यसलाई परिमार्जन नगरी पारित गर्नै नहुने अडानमा छन्।

    प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने दबाब छ। उनले यसअघि प्रतिबद्धता जनाउँदै आएको र केही मन्त्रीहरुको कार्यकाल पनि २ वर्ष पुगेकोले मन्त्री हेरफेरको विषय पार्टीभित्र चर्किनेछ। प्रदेश सरकारको हकमा समेत मन्त्री फेर्ने आवाज उठेको छ।

    प्रधानमन्त्री ओलीले महत्वपूर्ण नियुक्तिहरु गर्दा पार्टीभित्र परामर्श नगरेको भनी नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्ने गरेका थिए।

    त्यसपछि सचिवालय बैठकमा ओलीले पार्टीमा सल्लाह गरेरै नियुक्ति गर्ने प्रतिवद्धता जनाएका थिए। तर, उनले आफूप्रति बफादार व्यक्तिलाई मात्र नियुक्ति गराएका छन्।

    रेल्वे कम्पनीका महाप्रबन्धकमा आफूप्रति वफादार गुरु भट्टराई र आईओएमको डिनमा आफ्नै निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहलाई नियुक्त गरेपछि उनी फेरि विवादमा तानिएका छन्। धेरै जना वरिष्ठलाई पन्छाएर डा.शाहलाई नियुक्त गरेको भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले आलोचना गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं