SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/३ गते
    १५७२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत, कुश्मा । विश्वप्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण देशबाहिर र देशभित्रका सम्पूर्ण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा पर्बतको कुश्मामा रहेका  ब्याडमिन्ट्न हलमा भने खेल रोकिएको छैन । दैनिक ब्याडमिन्ट्न खेल्न जाने र आउनेक्रम लकडाउन शुरु भएको केहि दिनदेखि नै जारी छ त्यो पनि बिनापासका सबारी साधनमा । सुरक्षानिकायको नजिकै रहेका दुईवटा ब्याडमिन्ट्न हलमा खेल भैरहदा अहिले सम्म प्रशासन मौन छ ।

    अहिलेको परिस्थितीमा जिमहल,सिनेमाहल,पार्टी, सभा गोष्ठी,भिडभाड जम्माहुने र सम्पूर्ण खेलकुद गतिविधिहरु बन्द भएको अवस्थामा यहाँको खेल भने दैनिकी जारीनै रहेको छ । केहिदिन अगाडी बिहान मर्निग वाक जाने व्यक्तिहरुलाई रोक लगाएको प्रशासनले ब्याडमिन्ट्न खेललाई किन रोकेको छैन यो चासो को विषय बनेको छ । नाम नबताउने सर्तमा एकजना ब्याडमिन्टन खेलाडीले दैनिक बिहान ३०,३५ जना खेल्न आउने हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो। नेपालमा पनि दैनिक कोरोना संक्रमित बढिरहेको अबस्थामा बेलैमा सचेत हुन जरुरी छ। यो समाचार तयार पर्दा सम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं