गुलाव र म मैले पनि नरोपेको कहाँ हो र मेरो फुलबारीमा गुलाव तर गुलाब मेरो उर्भरा बगैचाको माटो प्रतिकुल बनेको ठहर गरि फुल्न मानेन \ सकेन उसलाई फुलाउन मैले पनि कम मेहनत कहाँ गरेर !
गुलाबको नजिक उम्रन खोज्ने बनमारा झारहरु जरै बाट उखेले बोके झारका पातहरुले मेरो गुलाबलाई स्पर्श गर्न खोज्दा अरिङ्गाल र माहुरी जसरी प्रतिशोधको भाव बोकि पात मिल्काइ दिन्थे, तर मेरो गुलावलाई यो विलकुल मन नपर्दो रहेछ। मुटुबाट धमनी र रक्तनली हरु मेरो गुलाबको सिचाइको लागि अहोरात्र नखटेको भनौ पनि कसरी, फगत उसलाई बनमारा अनि बोकेको हासो मन पर्यो , हासो भित्रको जाल मनपर्यो।
तर गुलाब उसलाई के थाहा एकदिन बनमारा अनि बोके झारले मेरो अस्तित्व लिलाम गर्ने छ। मेरो मायाको मललाई उसको जराले सोस्न सकेन अनि मलाई लाग्यो उसलाई स्वतन्त्रताको बीस मन पर्छ।
उसको कोमल अङ्गमा नघोचोस भनी मैले बिच्छाएको कारपेट उसले रोजेको बाटोमा काडा भएछ उसलाई यात्रामा हात दिने बोके झार बनमाराहरु पनि गुलाब नै बनुन उसको अस्तित्व रक्षाको लागि काडा उत्पत्ति गरून् जसरी स्वयम् उसको छ। लेखक : ध्रुब केसी