आरती भण्डारी
अनेरास्ववियू केन्द्रिय सदस्य
सवाल अहिलेको कोभीड 19 को मात्रै होइन समग्र मानव चरित्रको हो।हामी आफुलाइ समाजबादका नायक भन्ठान्छौं ,कार्ल मार्क्सका सच्चा अनुयायी अर्थात आफुलाइ मार्क्सवादी भन्ठान्छौं,तर अहिले देखिएका निषेधको राजनिती र हाम्रा ब्यवहारले कार्ल मार्क्सलाइ गिज्याइरहेको छ।बिस्वका मानिस एक हुनुपर्ने बेला नेपालका कम्युनिस्टहरु फुट र बिभाजनलाई आत्मसात गर्दैछन, हुनत बिश्वमै हिजोआज पूँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झाङ्गिरहेको छ । पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियताबादले । नवलोकप्रिय राष्ट्रवादीहरू पूंजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पूंजीवादको वकालत गरिरहेका छन् । र, त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन् । तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचारका विरुद्ध मार्क्सवादमा आधारित राजनीतिक संगठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन ।
यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि हो, मार्क्सवादलाई धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढंगले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधनहरू (जमिन, श्रमशक्ति , उद्योगधन्दा , पूँजी , वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्स’को जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने ? बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ? कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ ।
नेपालमा मात्रै होइन, संसारभर , संघर्षको कसरी पहिचान गर्ने ? भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा , मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल भारतजस्ता देशमा दलित , जनजातिमाथि गरिएका आर्थिक, सामाजिक साँस्कृतिक , राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ? कस्तो अभियानमार्फत कस्तो आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन् । गफ र भाषणले मात्र समाजवाद आउँदैन ।
ठोस परिस्थितिको ठोस विश्लेषण, , परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ । नेपालमा वामपन्थीहरुलाई जनताले लहलहैमा लागेर त्यत्तिकै भोट दिएका होइनन्, आमूल परिवर्तनको आसमा दिएका हुन् । यदि उनीहरूलाई यो नाम मात्रका मार्क्सवादी हुन् , यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन् जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएनन् ।
तर हामी यी सबै घटनाक्रम र सिद्धांत दिमागमा कन्ठ पार्छौं,व्यवहार ठिक उल्टो गर्छौं।नेपालको कम्युनिस्ट पार्टीको यात्राको अन्तिम गन्तव्य एउटै ,नारा,झन्डा एउटै,बिधान एउटै तर मतभिन्नता किन भइरहेको छ,?एकले अर्काको अस्तित्व किन स्वीकार गर्न सकिरहेका छैनौं,?हुनेखानेले हुदाखानेलाइ थिचोमिचो गरिरहेकै छ,अझ आजभोली त मार्क्सबादिहरु नै समाजबादका ड्राइभरहरु नै सक्रिय छन भन्ने सुनिन्छ।
योद्धाका गाथा,उहाहरुको योगदान र गौरवमय इतिहासका बिशयमा सगरमाथा भन्दा अग्लो उचाइ सहित सम्मानजनक प्रशंसा गर्ने हामिले के आफ्ना व्यवहार परिवर्तन गर्न सक्दैनौं ,?हामीभित्रको बिबेक यति दुषित भैसक्यो?हेक्का रहोस कमरेडहरु यो दुइतिहाइको मन र मत जनताले बडो बिस्वासका साथ दिएका छन,यो बिस्वास गुमाउने र एकीकृत पार्टीको बदनाम गराउने जोसुकैलाई इतिहासले धिक्कार्नेछ,कलंकको टीका लगाउने छ।यो पार्टी शिर्ष नेताको इन्टेन्सनले भएको होइन लाखौ देशप्रेमी इमान्दार कार्यकर्ताको चाहनाले भएको हो,एकदुइजना अवसरबादिको दुनो सोझ्याउने साधन यो गौरवशाली पार्टिलाइ नबनाइयोस।यी मुलुकको समृद्धि नेकपा बाहेक कसैको नेतृत्वमा सम्भव छैन।एकीकृत नेकपाले नै यो मुलुकको मुहार फेर्न सक्छ।