SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१३ गते
    ८६९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्बतमा उत्पादित कफिको प्रबर्द्धक संस्था माउन्टेन मग कफीले पर्वत जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको उपचारसेवाको सहजतालाई २५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    माउन्टेनमगले विश्वव्यापी माहमारीको रोकथाममा टेवा पु¥याउन पर्वत जिल्लाको कोरोना अस्पताललाई लागि एक सय पिस र अन्य नगर तथा गाउँपालिकामा रहेका सम्पुर्ण ग्रामिण स्वास्थ्यचौकीको लागि ५०÷५० पिस सहित २५ सय पिस सर्जिकल मास्क राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गर्दै उपलब्ध गराउन सस्थाका निर्देशक सुशील ढकाललाई जिम्मा लगाइएको हो ।

    बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै मास्कको संकट परिरहेको अबस्थामा माउन्टेनमगले गरेको यो सहयोगले ठूलो राहत पुर्याएको मोदी गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले बताउनुभएको छ । माउन्टेनमग कफी पर्बतका युवा नेता तथा उद्यमी प्रकाश लामिछाने नेतृत्वको सस्थाले नेपालका प्रतिष्ठित होटेल ब्यबसायी समुहको साझेदारीमा सन्चालन गरेको सस्था हो ।

    करिब ८० लाख लगानीमा ३ महिना पहिले सुरुवात गरिएको यो कफीले बिश्वस्तरिय प्रशोधन बिधिबाट प्रशोधित कफी भर्खर प्रीओपनिङ्ग गरिएको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको माउन्टेनमगको आफ्नै कफी सपबाट बिक्रि गरिरहेको थियो। कोरोना सङ्क्रमण अन्त्यलगत्तै काठमाडौ,पोखरा र जापानमा थप आफ्नै कफी सप सन्चालन गरि बिक्रीवितरण गर्ने योजना रहेको जानकारी गराइएको छ । यहाँको कफि नेपाल सहित विदेश सम्म खपत भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं