काठमाडौ, । नेपाल शान्ति स्काउटले ” प्रमुख आयुक्त राहत कोष तथा फुड बैंक ” को स्थापना गरेको छ।
बिश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरसले आक्रान्त रुप लिएको यो विषम परिस्थितिमा नेपाल सरकारद्धारा लगाईएको लकडाउनले जनजिवन प्रभावित भईराखेको बेलामा नेपाल शान्ती स्काउटद्धारा विभिन्न सामाजिक कार्य गरि मानिसहरुमा सेवा पुर्याउदै आईरहेको अवस्थामा स्काउटका परिवारपनी लकडाउनको कारणले प्रभावित हुनसक्ने भएकोले सम्पुर्ण स्काउटहरुलाई अत्यावश्यक सामग्री र स्वास्थ्य लगायतका सामग्री सहयोग गर्नको लागी उक्त कोषको स्थापना गरिएको बिपत व्यबस्थापनका संयोजक सुधन मरासिनिले बताउनुभयो।