SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/३० गते
    ८७७ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर ।  छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत र आलीको बाटो हुदै खाद्यान्न सामाग्री सहित नेपाल भित्रिरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले नियमित ड्यूटी र अन्य ठाउ लगाएत पांच ठांउमा अस्थायी पोष्ट राखि आवतजावत पुर्ण रुपमा रोक लगाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमा ईलाकामा कृष्णनगर न.पा.- १ स्थित कुकुरभुकुवा नाकाको २ ठाउँमा, कृष्णनगर न.पा.- २ स्थित लिङ्कगेटमा हेल्थ डेक्स सहितको डियुटी, कृष्णनगर न.पा.- ३ स्थित यात्रुगेट डियुटी, ४ स्थित सिर्सिहवा नाका, कृष्णनगर न.पा.-१२ स्थित हरिहरपुर, कृष्णनगर न.पा.-१२ स्थित ठाकुरापुर, कृष्णनगर न.पा.-१२ स्थित बरईपुर, कृष्णनगर न.पा.-१२ स्थित भगवानपुर नाकाहरुमा कोरोना भाईरस Covid-19 नियन्त्रणको लागी भारतबाट नेपाल आवत जावत पूर्ण रुपमा रोकथाम गर्नको लागी टेन्ट लगाई उक्त नाकाहरुमा २४ सै घण्टा रहने गरी डियुटी खटाईएको, बिभिन्न स्थानहरुमा जनचेतना सम्बन्धि कार्यक्रम र जनहितमा जारी अडियो सन्देश आम जनमानसमा चेतना समेत जगाउदै आएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही ले जानकारी दिए।

    भारतबाट व्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सरसमानबाट क्रोना संक्रमण नेपालमा सर्ने र माहामारीको रुप लिन सक्ने जोखिम हुँदा उक्त जोखिम न्युनिकरणका लागि शसस्त्र प्रहरीले सिमामा २४ घण्टै कडा निगरानी गर्न बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

    शाहीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमामा अस्थायी पोष्ट बनाई सिमापारीबाट चोरीलुकी हुने अवागमनमा पुर्ण रुपले रोक लगाएको बताए । अस्थायी पोष्टहरु बनाई सुरक्षकर्मीहरु खटाइएको कारोबारी तथा स्थानियहरुलाई वारीपारी रोक लगाइएको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं