SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२३ गते
    २६४८ &#२३४६;&#२३३५;&#२३२५;

    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर ६४ हजार भन्दा वढिको मृ’त्यु भएको छ । १२ लाख संक्रमित छन् । कोरोनाका कारण अहिलेसम्म नेपालमा कसैको मृ’त्यु भएको छैन । १ हजार ५ सय २१ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण भेटिएको छ । काशं संक्रमित भारत या तेस्रो मुलुकबाट फर्किएका भएपनि शनिवार कैलालीमा एकजना विदेश नगई स्वदेशमै रहेकी महिलामा संक्रमण फेला परेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोनाको बारेमा जनचेतना जगाउँदै आएका डा. रवीन्द्र पाण्डे भने कोरोना संक्रमणबाट हामी ९८ प्रतिशत सुरक्षित रहेको बताएका छन् । कोरोना संक्रमण ३ हप्तापछि द्रूत गतिमा ओर्लिने उनले दावी गरेका छन् ।सामाजिक सञ्जाल फेसबूकमा आइतवार सन्देश लेख्दै डा. पाण्डेले कोरोना संक्रमणबाट नेपाली सुरक्षित रहनुका १७ कारण खुलाएका छन् ।हेर्नुहोस् डा. पाण्डेले दर्शाएका १७ कारण :१. चीनले हिजो सय जनाभन्दा बढी व्यक्तिहरूमा कोरोना संक्रमण विरुद्धको खोप लगाएको छ । उनीहरूको परिणाम हेरेर तुरुन्तै अर्बौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ ।

    २. अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ ।३. सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरूले खोपको सफलता पाउँदैछन् ।४. कोरोना संक्रमण निको गर्ने एन्टीभाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।५. यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरूले कोरोना संक्रमणमा उत्साहप्रद रूपमा काम गरिरहेका छन्, यी औषधिबाट लाखौं व्यक्तिले जीवन पाइरहेका छन् ।

    ६. मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा व्यापक प्रयोग गरिएको छ, यी औषधिको सफलता सोचेभन्दा राम्रो आएको छ ।७. सेकेण्डरी इन्फेक्सन रोक्नका लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन् ।८. बेलायती राजकुमार चार्ल्स ७१ वर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ, यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन साथै आयुर्वेद होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ ।

    ९. बीबीसीकाअनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ वर्षीय पुरुष र उनको ८८ वर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् ।१०. भारतले कोरोना संक्रमण २ घण्टामा पत्ता लगाउने किटको आविष्कार गरेर व्यापक जाँच गर्दैछ, त्यो किट सस्तो एवं भरपर्दो मानिएको छ, यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।११. नेपालमा विभिन्न अस्पतालमा आईसीयू, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ, साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ, कारणवश रोग फैलिएमा चीन, भारत लगायतका देशहरू सहयोग गर्न तम्तयार भएका छन् ।

    १२. कोरोना संक्रमणबाट बालबालिका तथा युवा वर्ग सुरक्षित भएको हुँदा बच्चाका लागि आमाबुवाहरूले डर मान्नुपर्दैन । १३. नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ, त्यो मृत्यु पनि अन्य विभिन्न रोगका कारण मृ’त्युउन्मुख व्यक्तिको मात्र हुनेछ, स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन ।१४. नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन, विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ, मृत्युदर अत्यन्तै न्यून छ ।१५. आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ ।

    १६. इटली लगायतका देशको जुन भयाबह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयावह छैन जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो । मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृ’त्यु भएको छ भन्ने बुझ्नु जरुरी छ ।१७. हल्लाको पछि लागेर आत्तिने नगरौं, आत्तिएर निको हुने होइन, सतर्कताले रोकथाम गर्छ, तसर्थ सतर्क बनौं, अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशावादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    पोखरा ।  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं