SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१९ गते
    २६४२ &#२३४६;&#२३३५;&#२३२५;

    लेखक : बिक्रम ढुंगाना  त्यति सजिलै कहाँ मरिन्छ र! धेरै पटक सुन्दै आएको वाक्य हो तर यथार्थ बुझेकै रहेनछु किनकी मरेका भेट नहुने र बाचेका सित अनुभूति नहुने । समय र परिस्थिति एकनासको हुदैन । २०७२ साल बैशाख महिनाको भुइचालो र हालसालै कोरोना भाइरस ले निम्त्याएको विपतिले एकदमै फरक रुपमा पाएको महशुस गर्दैछु ।बेलाबखत झकझकाइ रहने भुइचालो र अहिलेको कोरोना भाइरसले एकोहोरो मृत्यु – चिन्तनमा घुमी रहदा “हे भगवान !” बाहेक अरु शब्द नै निस्किन्न । दिमागमा अब बाचिदैन होला भन्ने सन्देश प्रवाह भइरहन्छ र यस्तै चिन्तनले मृत्युप्रति खोतलिएको छ मेरो मन मस्तिष्क र भिन्न लेखक , दार्शनिकहरुको मृत्युका आलेख संगै कोर्दैछु केही शव्द अनि वाक्य ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जिन्दगीको परम सत्य , परम अकाट्य , परम निसन्देह , परम अनिवार्य , परम अपरिहार्य र परम गन्तब्य बिषय भएर पनि सर्वाधिक थोरै पटक सोचिने , बुझिने र बोलिने शब्द हो मृत्यु ।मरणको बिषयमा कुरै गर्न पनि मान्छेहरु डराउछन , त्यसैले शब्दमा पनि स्वर्गवास , देहत्याग , चिरनिन्द्रा , देहान्त , बैकुण्ठबाँस जस्ता शब्द प्रयोग गरिन्छ ।खस्नु भएछ , बित्नु भएछ भन्ने शब्द भयबाट बच्ने गरेको देखिन्छ आम प्रचलनमा । लास नहेर्ने , घाट नजाने ब्यक्तिहरु धेरै हुन्छन ।

    मृत्युप्रती यस किसिमको भए स्वभाविकै हो , मर्नु एकदिन सबैले पर्छ र सानैदेखि मृत्यु भनेको महादशा हो भन्ने गरिन्छ र मनसपटलमा त्यही रहन्छ । दार्शनिक सुकरात भन्नुहुन्छ ” मृत्युदेखि भयभीत हुनु कायरहरुको काम हो , किनकी असली जीवन भनेकै मृत्यु हो “।त्यसैगरि साधु यतीन्द्र दास भन्नुहुन्छ ” जिन्दगी मृत्युको प्रयोगशाला हो ” ।अनुभवीहरु भन्छन , मर्ने कला सिक्नलाइ बाच्नेकला पनि सिक्नुपर्छ ।तसर्थ हरदिन यसरी बाच कि तिमिले एकदिन सानदार मृत्युवरण गर्नुछ ।

    त्यति सजिलै कहाँ मरिन्छ र! धेरै पटक सुन्दै आएको वाक्य हो तर यथार्थ बुझेकै रहेनछु किनकी मरेका भेट नहुने र बाचेका सित अनुभूति नहुने । समय र परिस्थिति एकनासको हुदैन ।

    महात्मा बुद्ध आफ्ना शिष्यहरुलाइ बेलाबेला सम्शान घाटमा पठाउथे र मरण – स्मरण साधना सिकाउथे ‘मेरो कुनै पनि बखत , कुनै पनि क्षण मृत्यु हुन सक्छ ।यस्तो अनिश्चित जीवन बोकेर हिड्ने मेरो मनमा कतै मनोबिकार त छैन? यदि छ भने त्यसको उन्मुलन तुरुन्तै गर्नेछु ।

    महात्मा बुद्धद्वारा शिक्षित यो मरण – स्मृति साधना अभ्यास आज हरेकलाई आवस्यक छ।आज मानिस स्वार्थी , भ्रष्ट ,हिशक , अत्याचारी भएको छ ।आफू बाहेक अरु संग कुनै चासो राख्दैन । मै खाउ , मै लाउ स्वभावले ग्रसित छ ।मोह , लोभ , स्वर्थमा जेलिएको छ ।यस प्रकारको स्वभावले मानिस मर्नुपर्छ भन्ने नै बिर्सिएको छ ।त्यसैले मानिस घाटमा गएर राम्ररी देखेर बुझेर आउ कि आखिर जिन्दगीको अन्तिम परिणति के हो भनेर ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं