SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/५ गते
    २९७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । कोरोना भाइरसको सन्त्रासले पर्यटन क्षेत्र ठप्प रहेका बेला नेपालको पर्यटकीय क्षेत्र पोखरामा भने ट्रान्सपार्टी गरेको आरोपमा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखराको लकेसाइडमा पर्ने पामे जंगल क्षेत्रबाट मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘कार्यक्रम जंगलमा भएको हो। २५ जना नियन्त्रणमा लिएका छौं,’ एसपी कार्कीले बुधबार बिहान भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं।’ जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमान्डमा गएको प्रहरी टोलीले उनीहरूलाई राति जंगलबाट नियन्त्रणमा लिएर २५ जनाजतिलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गरेको एसपी कार्कीले जानकारी दिए।

    ‘पामे क्षेत्रभन्दा माथि जंगलभित्र राति मान्छे भेला भएका छन्, पार्टीजस्तो भइरहेको छ भन्ने सूचना पाइयो,’ एसपी कार्कीले भने, ‘त्यो ठाउँ गाडी नजाने, एक–डेढ घण्टा हिँडेर जानुपर्ने रहेछ।’ एसपी कार्कीले भने, ‘राति जंगलमा ट्रान्सपार्टी भएको हो।’ मान्छेहरू हाई लेबलकै होलान् हैन ? एसपी कार्कीले भने, ‘लेबलसेबल त थाहा भएन, मान्छे ल्याइपुर्याएको छैन, जुन लेबलको भए पनि कार्बाही उही हो।’ त्यहाँ विदेशीहरु धेरै भएको जानकारी पाएको छु । यहाँ आएपछि सबै थाहा हुनेछ ।

    सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना
    कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलो पटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ । वाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मंगलबार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने बताउँदै सेवाग्राहीको बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्ने छ भन्नुभयो । वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

    सहायता कक्षमा ज्वरो मापनका साथै रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ हुनेछ । अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको छ । सहायता कक्षमा तीनजना स्वास्थ्यकर्मी खटाइएको अध्यक्ष कार्कीले बताउनुभयो । समाजका व्यवस्थापन प्रमुख गजेन्द्र साहले सहायता कक्षमा यहाँ आउने सबै सेवाग्राहीको स्वास्थ्य परीक्षण हुने बताउनुभयो । भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा दुबै देशको सहकार्यमा १३ वटा सहायता कक्ष स्थापना गरिएको छ । ती नाकाबाट नेपाल र भारत भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं