SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२५ गते
    ६७३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर (कपिलवस्तु),।
    नेपालकै जेठो मदरसा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झण्डानगरस्थित जामिया सिराजुल उलूम अल–सल्फिया सभाहलमा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मदरसाका विद्यार्थी र सरोकारवालालाई कोरोना भाइरसबारे सचेतीकरण गरिएको हो । कोरोनाको सन्त्रास फैलिएसँगै आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यका साथ मदरसामा अध्ययनरत विद्यार्थी, शिक्षक र समाजसेवीलाई कोरोनाको लक्षण र बच्ने उपायबारे सचेतीकरण गरिएको जामिया सिराजुल उलूमका प्रवक्ता एवं मदरसा बोर्ड ५ नं. प्रदेश उपाध्यक्ष मौलाना मशहूद खाँ ‘नेपाली’ले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिश्वभरीमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरसफाईमा पहिलो प्राथमिकता दिनुपर्ने जामिया सिराजुल उलूमका अध्यक्ष समीम अहमद नदवीले बताए । साउदी अरबले बिभिन्न देशबाट आउने उमरा यात्रीलाई इतिहासकै पहिलो पटक रोक लगाएको नदवीले अवगत गराए । त्यसकारण पनि यसबाट संयमता अपनाउनुपर्ने उनले जोड दिए ।

    कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीले कोरोना भाइरसबाट बच्न आफैंले सावधानी अपनाउनुपर्ने सुझाव दिए । यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं३९गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही, नेकपा का ५नं प्रदेश समिति सदस्य मिर्जा अरसद बेग, ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल, मौलाना अजीम मदनी, वडा नं२ अध्यक्ष संजय गुप्ता, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय उपाध्यक्ष शैख जैस मक्की समेतले यसबाट पूर्व सतर्कता अपनाउनुपर्ने सल्लाह दिएका थिए ।

    हरेक वर्ष अप्रैल महिनामा मदरसामा हर्सोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव पनि कोरोना भाइरसकै कारण स्थगित गरिएको मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां ‘नेपाली’ले जानकारी दिए । हरेक गाउँ टोलका जनमानसमा यसबारे सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उनले जिकिर गरे । अन्तर्राष्ट्रिय नारी दिवस बारे चर्चा गर्दै राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकूफीले कोरोना भाइरसबारे समेत थप प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं