SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२३ गते
    ११२३ &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल
    झन्डै एक बर्ष देखि यता समस्यामा रहेकोे खरेहा खानेपानीको मुहानलाई सुचारू गर्न र ब्यबस्थापन गर्न यहाँका स्थानीयहरु सक्रियताका साथ जनश्रमदानमा जुटेका छन् । कुश्मानगरपालिका अन्तर्गत वडा नं ७ खरेहामा रहेको उक्त पानीको स्रोतबाटै बिगतमा कुश्मा बजार बासिहरुलाई समेत पर्याप्त उपभोग भएको उक्त खानेपानीको मुहान अहिले दबिएर केही समय देखि यता दैनिक पानी सुचारूमा बन्द भएको थियोे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    परम्परागत धार्मिक दृस्टीले पानीको मुहान माथीपट्टी
    नाग झाक्री र शिब भगवानको मन्दीर अबस्थित छ । बर्तमान समयको परिवेश सँगै नाग देउता प्रतिको आस्था र बिश्वासको जनचेतना मानिसमा कम हुँदै गएको र उक्त नाग देवताको वैदिक पुजा आर्चनमा पनि केही कुराहरू कमि कमजोरी हुन सक्ने र विभिन्न ठाउँबाट नुहाउन आउने मानिसहरुले फोहोर मैलाको कारण नाग झाक्री देउता प्रशन्न नभएको कारण पानीको मुहान दबिएको हुन सक्ने धारा मुल संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष खेमनाथ शर्माले बताए।

    अहिले स्थानीय स्तरमा रहेका टोल सुधार समितिको अगुवाइमा रहेका करिब ४० जना जतिको श्रमदानले उक्त खानेपानीलाई नियमित सुचारु गर्नका निम्ति आफुहरु अगाडि बढेको टोल सुधार समितिका अध्यक्ष बुद्धि प्रसाद श्रेष्ठले बताए । प्रत्येक दिन आँफुहरु पालैपालो गरि उक्त पानीको मुहान संरक्षणमा श्रमदान गरेको अर्का स्थानीय उमाकान्त पौडेल बताउछ्न ।

    स्थानीयको जनश्रमदान अनुसार सबै कार्य सम्पन्न हुन नसक्ने र आफू स्थानीय सरकार , उधोग बन तथा पर्यटन मन्त्रालय , र भु संरक्षण तथा जलाधार कार्यलयहरु सँग आबस्यक रकमका लागि पहल गरिएको स्थानीय सरकारका वडा अध्यक्ष सुबास चन्द्र पौडेलले बताए खरेहाकै सम्पत्तिको रूपमा रहेकोे यस पानी मुहानबाट हामी स्थानीयबासी मर्दा पर्दा आफ्नो परम्परागत रिति संस्कार अनुसारको कार्य गर्न यहाँ आउन धेरै सहज हुने भएकोले अब हामी सबै स्थानीयहरु एक जुट भइ पानी र मुहानको संरक्षण र यसको बिकासमा हामिहरु लागि परेका छौ भन्दै भड्खोरे सामुदायिक बनका अध्यक्ष तेज गिरि कान्छाले बताउछन् ।

    दैनिक १०० जनाको शंख्यामा नुहाउन आउने उक्त धाराहरु अहिले ठप्प भएका छ्न । स्थानीय जनस्तरबाट र स्थानीय निकायको सहयोग बाट उक्त धाराहरु पहिल्यै जसरी नै सुचारु हिसाबले सञ्चालन भएमा धेरैलाई राहत हुने बिश्वास सबैको छ त्यसैले यसको ब्यबस्थापन र संरक्षणको बिकासमा सबैको ध्यान पुग्न जरुरी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं