SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१७ गते
    ११५० &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलबस्तु, कृष्णनगर  ।
    कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। आजको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र राष्ट भारत को गोण्डा बीच पर्तिस्पर्धा रहेको थियो। जसमा चितवनले टास जितेर बैटिंग गर्ने निर्णय लिएको थियो। चितवानले आफ्नो निर्धारित १६ ओवर २ बालमा ९८ रन बनाएर आल आउट भएको थियो र गोण्डालाई ९९ रनको लक्ष्य दिएको थियो। जवाबमा गोण्डाले १६ ओवरमा ३ विकेट गुमाएर नै फाइनल मैच हात पारेको थियो। जस्मा नौनित चर्तुवेदीले २५ बाल खेलेर ३१ रन बनाएर आफ्नो टीम गोण्डालाई बिजय हासिल गराए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिजेता र उपविजेता टीमलाई कृष्णनगरको उद्योग वाणिज्य संघको सभा हालमा पुरस्कार वितरण तथा समापन कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको थियो। उक्त पुरस्कार वितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथि कपिलबस्तु क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, विशिष्ट अतिथि कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र कार्यक्रमका अध्यक्ष सुहेल खान रहेका थिए।

    बिजेतालाई रु १ लाख, कप र सबै खेलाड़ीहरुलाई मेडल प्रदान गरिएको थियो भने उपविजेतालाई रु ५० हजार ,कप र सबै खेलाड़ीलाई मेडल प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह द्वारा प्रदान गरिएको थियो। मैचको मैन ऑफ दा सिरीज गोण्डा टिमको कप्तान चित्रांश रहे। कार्यक्रममा जनप्रतिनिधि ,खेलप्रेमी,संचारकर्मी, बुद्धजीवी, प्रहरी लगयतको उपस्थित रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं