SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१७ गते
    ७२८ &#२३४६;&#२३३५;&#२३२५;

    हेमजा, ।
    माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक गरिएको छ ।प्रतियोगितामा कुल ९ लाख ८८ हजार ५३२ आग्दानी भएकोमा संचालन वापतको खर्च कटाएर १७ हजार २१५ बचत हुन आएको बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रतियोगिताबाट बचेको १० प्रतिसत मृगौला पिडित हरीलाल परियारलाई सहयोग गरिएको आयोजकले जनाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार ७ सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेका थिए ।राष्ट्रिय गौरब तथा स्वस्थ नागरिुकका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिता माघ १ गते देखि ६ गतेसम्म भएको थियो ।

    कार्यक्रममालाई सम्बोदन गर्दै प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष पूर्ण बहादुर शाहीले स्थापना कालदेखिनै प्रतियोगिता आयोजना गरी दोस्रो वर्ष पनि प्रदेशस्तरीय फुटबलको विजेता बन्न गएकोमा धन्यवाद दिदै खेलबाट गायँपालिकामा स्तरीय खेल मैदान बनाउन सहयोग हुने एवं प्याराग्लाईडिङ्गको हव हुने उल्लेख गरे । उनले आगामी वर्ष सञ्चालन गर्ने खेलको लागि आवश्यक पर्ने रकम छुट्याउने प्रतिवद्दता ब्यक्त गरे । नेकपा जिल्ला सदस्य –रामचन्द्र अधिकारीले आफ्नै खेलाडी उत्पादन गरी देशभर पु¥याउन सक्नुपर्नेमा जोड दिदै विशिष्ट खेलाडी उत्पादनमा लाग्न सुझाव दिए । कार्यक्रम संयोजक राजिन्द्र गौतमको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन बालकृष्ण अधिकारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं