SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/११ गते
    ४२०८ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । सेन्टी भाइरस रिलिज भैसके पछि ६ महिना यता सेलाएको सिनेमाघरहरु अहिले चारैतिर हाउसफुल भएको छ ।देशै भरि हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।

    फल्गुण ९ गते महाशिवरात्रीको अबसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ले निकै राम्रो कामाइ गरेको छ । दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएको छ ।

    निर्माण पक्षले जनाए अनुसार सनिवार सेन्टी भाइरस चलचित्रले १ करोड ३५ लाखको व्यापार गर्न सफल भएको छ । दुई दिन चलचित्रले २ करोड ४७ लाख कमाएको छ ।

    यश चलचित्र २ करोड लगानीमा बनेको हो । तर प्रचारप्रसार गर्दा २ करोड भन्दा बढी खर्च भएको निर्माण पक्षले जनाएको छ । पहिलो दिन चलचित्रले १ करोड १२ लाख कमाएको थियो ।

    यस चलचित्रबाट आउने ५०% मुनाफा अन्तर्राष्ट्रिय क्रीकेट रंगशालालाई जाने निर्माण पक्षले जनाएको छ । यश चलचित्रमा मुख्य भुमिका सीताराम कट्टेल ( धुर्मुश ) ,कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, लगायतको रहेको छ । ब्लकबस्टर चलचित्र दिइसकेका रामबाबु गुरुङले यस चलचित्रलाई निर्देशन गरेका हुन । चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी राएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं