SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/५ गते
    ९५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । कुलमान घिसिङमा नेपालमा उज्यालोको देउता मानिन्छन् । उनी बिधुत प्राधिकरण प्रबन्धक निर्देशक नियुक्त भए पछि नेपालले बिधुत क्ष्ाेत्रमा उल्लेख्य रुपमा प्रगति गरेको छ ।उनले घाटा रहेको प्राधिकरणलाई नाफामा लागेका छ्न । तार पोलको कारण दुर्घटना बढे पछि , दुर्घटनाको जोखिम न्यूनिकरण गर्न प्राधिकरणले विद्युत वितरण तारलाई भूमिगत गर्न लागी परेको हो ।

    कुलमान घिसिङले राजधानीलाई तार रहित राजधानी राजधानी बनाउन लागी परेका छ्न । विद्युत वितरण प्रणालीलाई भूमिगत रहने गारी कामको थालनी भएको छ । ३२ महिनाभित्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्रको तार भूमिगत गरिसक्ने योजना रहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट विद्युत वितरण तार भूमिगत गर्ने कामको उद्घाटन गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भूमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र त्यसलाई पुर्नस्थापनासमेत गर्ने गरी समझदारी भई काम गर्न लागिएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणलाई पहिलो चरणमा ५ देखि ७ किलोमिटरमा मात्रै काम गर्न अनुमति दिइएको छ ।

    काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको बताइएको छ । उनले ९ अर्ब नाफा दिलाएका छ्न ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं