SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२६ गते
    ७३० &#२३४६;&#२३३५;&#२३२५;

    कुमार पौडेल हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । पीडित परिवारले हुलाकमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाएका छन् ।

    मृतककी आमा दुर्गादेवी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही गएकी थिइन् । तर, यसअघि नै सो मुद्दाको टुंगो भवितव्य घटनाका रूपमा अनुसन्धान भइसकेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको हो । त्यहीअनुसार जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । पीडितहरूले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत विपक्षी बनाई किटानी जाहेरी लिएर गएका थिए । हुलाकबाट दिएपछि दर्ता गर्नैपर्ने बाध्यता प्रहरीमाथि थियो ।

    गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक खनाललाई कारबाहीको तयारी गरेपछि सिफारिस कार्यान्वयन अघि बढेको थियो । आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि गत साता पुनः ताकेता गर्दै कारबाहीको चेतावनी दिएको थियो ।

    ताकेताअनुसार हत्यामा संलग्न प्रहरीलाई कारबाहीको सिफारिस गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय जिल्ला प्रहरी कार्यालय पुगेको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकाल्दै आयोगले त्यसमा संलग्न प्रहरीलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेका थियो । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं