SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    ९९४ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ।
    कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्र भित्र नगरपालिका, PRC संस्था, आफन्त नेपाल, मानव अधिकार संस्था, प्रहरी चौकी लगायत अन्यको सहयोग मा ५० वटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०७६/७७ को श्रावण महिना देखि हाल सम्म इलाका प्रहरी कार्यालय कृष्णनगर तथा मातहत प्रहरी चौकी र अन्य को सहयोग मा उक्त कार्यक्रम सम्पन्न गरिएको र जस्मा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल ले उक्त जनचेतना मुलक कार्यक्रम हरुमा प्रशिक्षण तथा सहजकर्ता को भुमिका निर्वाह गरेको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लागु औषध दुर्वेसनि, मानव वेच विखन तथा ओसार पसार, बाल बालिका लाई अभद्र व्यवहार नगरौं, ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाई व्यवस्थापन, प्रहरीको भुमिका, लैंगिक हिंसा न्यूनिकरण, डेंगू रोग नियन्त्रण, पर्चा वितरण कार्यक्रम (चोरी, पटका, सवारी साधन पार्किंग), नेपाल भारत दशगजा सर सफाई अभियान, उजुरी प्रक्रिया, महिला अधिकार, सामाजिक सुरक्षा, मानव अधिकार र साइबर क्राइम जस्ता कार्यक्रम को विषय रहेको थियो। उक्त कार्यक्रम हरु प्रहरी चौकी उदयपुर, प्रहरी चौकी बगही, प्रहरी चौकी कुशहवा बढ्नी , प्रहरी चौकी भिल्मी,प्रहरी चौकी सिर्सिहवा, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, PRC नेपाल कृष्णनगर, आफन्त नेपाल कपिलवस्तु, सानाहातहरू नेपाल, इलाका प्रहरी कार्यालय कृष्णनगर र माहुरी होम संस्था लगायत अन्यको आयोजनामा उक्त जनचेतना मुलक कार्यक्रम हरू संचालन र उक्त कार्यक्रम हरुमा विशेष भुमिका समेत रहेको थियो। गांउ घरमा गएर समाज, विद्यार्थी र नागरिकको हितमा उक्त कार्यक्रम संचालन गरिएको जन बुझाई रहेको छ। जनचेतना कार्यक्रम बाट हजारौ को संख्या मा मानिस हरू लभान्वीत भएका छन्।

    प्रहरी निरिक्षक प्रताप पौडेल ले जनचेतना कार्यक्रमहरू बाट समाज, विद्यार्थी र नेपाली नागरिक मा सकारात्मक व्यवहार निर्माण भइअपराध न्यूनिकरण मा सहयोग पुग्ने बताए। आफन्त नेपाल कपिलवस्तु का जिल्ला संयोजक केशर विश्वकर्मा ले सबै स्थानीय निकाय, स्थानीय प्रशासन र विभिन्न संघ संस्थाको समन्वय राम्रो रहेको र विभिन्न स्थानीय व्यकितत्वहरू को सचेतना वृद्धि भएको, कृष्णनगर नगरपालिका ले महिला तथा बाल बालिका विकास क्षेत्र मा धेरै सहयोग गरेको जिकिर गरे।

    PRC संस्थाका क्षेत्रिय संयोजक भूमि राज भट्टराई ले स्थानीय सरकार र स्थानीय प्रशासन संग महिला सशक्तिकरणका कार्यक्रम हरू अगामी दिन मा संचालन गर्ने र सबैको सहयोगमा मानव वेच विखन घटना मा कमी आइरहेको कुरा बताए। कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह ले जनचेतना कार्यक्रम बाट समाज र जनता को व्यवहार मा आपेक्षित परिवर्तन आउने र अगामी दिन मा वजार व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सर सफाई को क्षेत्रमा विशेष भूमिका खेल्ने कुरा बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं