SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
    ८३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका लागि वर्ष २०२० राम्रो देखिदैन । प्रवर्तन निर्देशालय (ईडी) ले शाहरुखसँग सम्बन्धित कम्पनी लगायत तीन कम्पनीबाट ७० करोडभन्दा बढीको सम्पत्ति जफत गरेको छ। नाइट राइडर्स स्पोर्ट्स प्राइवेट (केकेआर) सँग जोडिएको रोज भ्याली पोन्जी योजनामा ​​ईडीले ७० करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ईडीको आदेशमा, पश्चिम बंगाल प्रहरीले शाहरुख खानको नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेडसँग सम्बन्धित रोज भ्याली समूहविरुद्ध सार्वजनिक एफआईआर दर्ता गरेको छ।यसको आरोपपत्रमा, प्रहरीले भनेको छ,’रोज भ्याली समूहको कम्पनीहरूले अवैध रूपमा ठगी गरेर उच्च रकम फिर्ताको आश्वासन दिएर जनतालाई ठग्दै आएको थियो।’

    प्रवर्तन निदेशालयका अनुसार रोज भ्याली घोटाला सारदा पोन्जी घोटालाभन्दा ठूलो घोटाला हो। रोजभ्याली चिट कोष घोटालामा, रोज भ्याली समूहले जनतालाई स्किममा लोभ्याएर १७ हजार ५ सय २० करोड रुपैयाँ लिएको थियो । तर १० हजार ८ सय ५० करोड मात्र फिर्ता भएको थियो। बाँकी ६ हजार ६ सय ७० करोडको भने अझै अत्तोपत्तो छैन ।

    २०१४ मा, ईडीले नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड, यसको अध्यक्ष गौतम कुंडु लगायत अन्यबिरुद्द मुद्दा दर्ता गरेको थियो। जसपछि उनीहरु २०१५ मा पक्राउ परे। कुंडुलाई पक्राउ गरिसकेपछि शाहरुख खानलाई आईपीएलमा फेमा उल्लंघनको बारेमा पनि प्रश्न गरिएको थियो।एजेन्सीहरूका अनुसार शाहरुखले कम मूल्यमा नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड को सेयर बेचेको विश्वास गरिएको छ ।

    नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड अन्तर्गत कोलकाता नाइट राइडर्स इन्डियन प्रीमियर लीग (आईपीएल) को क्रिकेट टीम हो । यसका निर्देशकहरुमा अभिनेता शाहरुख खान, गौरी खान, जुही चावलाका पति जय मेहता रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं