SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
    १३६९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ गजबको सांगेतिक माहोल बनेको छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु आफै बाद्यबादक बनेर सांगेतिक माहोलमा रमाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एउटा तस्बिर सार्वजनिक गर्दै त्यतीबेलाको अवस्थाको बारेमा बताएका छन् ।

    उनले मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको जानकारी दिँदै एउटा तस्बिर सार्वजनिक गरेका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री सहित नेकपाका नेताहरु रमाएको देख्न सकिन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तरक्रिया कार्यक्रम पछि त्यहाँको माहोल त्यस्तो भएको हो । प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेताहरु सांगीतिक साँझमा सहभागी भएका थिए । ‘यो सारंगी साँझ हो’, थापाले तस्बिर सार्वजनिक गर्दै भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्वप्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो।’

    थापाका अनुसार सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरीको धुनमा उपस्थित सबै चकित भएका थिए। प्रधानमन्त्री ओली गीत संगितमा विशेष रुचि राख्छन् । उनको पेन्टिगं पनि तारिफयोग्य छ । ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाएका थिए । सारंगी साँझमा नेकपाका शीर्ष नेता र प्रतिष्ठित कलाकार सहभागी थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं