SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
    १३७४ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण गाउँपालिकाको पाउँदुर शिवालयमा शनिवार सकिदै गरेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत शुक्रवारसम्म कुल ९५ लाख ५७ हजार २ सय ४३ दान सकंलन भएको छ । जसमध्ये शुक्रवार मात्रै रु.२२ लाख ११ हजार ५ सय ३१ संकलन भएकोमा हालसम्मकै सबैभन्दा बढी डहरमुनी बल्लवका परिवारले एकमुष्ट रु.५ लाख ५५ हजार ५ सय ५५ दान गरेका छन् ।त्यस्तै शुक्रवारसम्म ७० मुरी धान तथा करिव २० मुरी चामल पनि संकलन भएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ । 
    नौं दिनसम्म चल्ने महायज्ञमा त्यहाँका वासीन्दा खुलेर लागेको देखिन्छ ।उनीहरुले गक्ष अनुसारको दान समेत गरेका छन् । दिनरात नभनी उनीहरु यज्ञ सफल पार्न लागि परे।यज्ञमा हालको अन्नपूर्ण गाउँपालिका ३, २ र १ वडा (साविक ढिकुरपोखरी गाविस) वासीको उल्लेख्य उपस्थिती रहयो।

    शुक्रवार यज्ञलाई सम्बोधन गर्दै पुर्व सांसद शारदा पौडेलले धर्मकर्ममा नेपालीले विश्वास गर्ने बताइन्।बच्चालाई असल संस्कार दिनुपर्ने औँल्याउँदै पुर्व सांसद पौडेलले यज्ञ गरिएको ठाउँ ऋषिमुनीको तपोभुमि हुने धारणा राखिन्।कार्यक्रममा श्रेष्ठ दानदाता परिवारको तर्फबाट डहरमुनी बल्लव परिवारका सदस्य तत्कालिन जिविस सभापति पुण्यप्रसाद पौडेलले पनि भनाई राखेका थिए ।

    यज्ञमा तीर्थराज पौडेल, देवका पहारी पौडेल, भेषराज पौडेल र सीता पौडेलले मुल कर्ताको भुमिका निभाएका छन् ।त्यस्तै वासुदेव पौडेल उपवाचक, ज्यो.प अमृत ढुङगाना गणेश, प.पुण्यप्रसाद सुवेदी यज्ञ आचार्य तथा रुद्रीतर्फ प.शिव पौडेल र हवनमा कृष्ण पौडेलले साथ दिइरहेका छन्। शनिवार एक समारोहका बीच गाउँपालिका अध्यक्ष युवराज कुँवरको प्रमुख आतित्थतामा कार्यक्रम गरी यज्ञ सक्ने तयारी छ।जस पुर्व थप दानदातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं