SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/११ गते
    ९४० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो । उपाधी संगै नगद ४० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा कुमुदिनी होम्सले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । कास्की मोर्डनाइज्ड एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने राइजिङ स्टारले शान्तवना स्थान सहित नगद ७ हजार ट्रफी र प्रमाणपत्र हात पारे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रतियोगितामा विजेताहरुलाई क्लवका अध्यक्ष लालकाजी गुरुङ तथा क्लवका पदाधिकारीहरु, प्रथम पुरस्कारका प्रायोजक आंधीखोला दोहोरी सांझ एण्ड पार्टी प्यालेस पोखरा १० रक्षामार्गका सञ्चालक अरुण गुरुङ, दोश्रो पुरस्कारका प्रायोजक पोखरा कान्तिपुर पार्टी प्यालेस बुद्धचोक पोखराका सञ्चालक लिला जिसी, तृतीय स्थानको पुरस्कार प्रायोजक अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका अध्यक्ष यदुनाथ अधिकारी, शान्तवना पुरस्कारका प्रायोजक सुमित्रा राइस मिल चापापानीका सञ्चालक रमेश बहादुर कार्की, प्रोग्राम कोअर्डिनेटर रविन गुरुङ र कार्यक्रम सञ्चालक राज गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

    अमरसिंह चौरमा जारी दशौ संकरणको पोखरा महोत्सव ११ दिन सम्म आइपुग्दा दर्शकको बाक्लो उपस्थिती रहेको छभने महोत्सवमा राखिएका ब्यापारिक स्टलहरुमा किनमेल गर्नेको समेत भीड लागेको छ । महोत्सवमा शुक्रबार लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने पशुपति शर्मा संगै प्रजापति पराजुली, सरला पाण्डे, राजन कार्की, राजेन्द्र सापकोटा, तुलसा क्षेत्री, निशा पौडेल, रमेश निर्दोश, चन्द्रा क्षेत्री, टेक क्षेत्री, प्रेम बस्याल, सुरेस भुर्तेल लगायतको लोकदोहोरी प्रस्तुतीमा दर्शकले मनोरन्जन लिएका थिए । साझको पप कन्सर्टमा भीटेनका प्रस्तुती संगै स्थानिय स्पर्श ब्याण्डको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिएका थिए ।

    महोत्सवको १२ औ दिन लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, पूर्ण परियार, रामजी पौडेल, दिलु लामा, सविना गुरुङ, सरिता सारु मगर, टस गुरुङ, बिकास नेपाली, टेक क्षेत्री, सुरेस राना मगर लगायतको प्रस्तुती रहनेछभने आधुनिक गायक सन्तोष बस्यालको समेत प्रस्तुती रहनेछभने सांझको पप कन्टसर्टमा अन्तराष्ट्रिय ब्याण्ड मन्त्र र स्थानिय ड्रिमर्स÷ब्ल्याक रोजको प्रस्तुती रहने छभने संस्कृती तर्फ माटेपानी मगर समाजको मगर संस्कृतीमा आधारित कौराहा नृत्यको प्रस्तुती रहने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं