SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/७ गते
    १३७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका आठ जना भारतीयको मृत्यु भएको छ। १५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा आठ र अर्कोमा सात जना सुतेका थिए।

    अर्को कोठामा रहेका भारतीयलाई भने केही नभएको प्रहरीले जनाएको छ। सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। ‘उपचारमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको बुझिएको छ,’ अस्पताललाई उद्धृत गर्दै प्रहरी स्रोतले जनायो । अन्य तीन जनालाई लिन पुन: हेलिकप्टर लिन गएको थियो। उनीहरूलाई अस्पताल ल्याउनसाथ मृत घोषणा गरिएको थियो।

    मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। मृतक सबैको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। उनीहरू भारतको केरलाबाट आएका थिए।

    मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कुमार, ३४ की ईन्द्र कुमार, ३७ का प्रविणकृष्ण नायर, ३२ की सरिया नायर, ५ वर्षका अभी, ७ की अर्चना,५ वर्षका बैशनव र ९ की बन्द्रा छन्। उनीहरू कोठामा ग्यास हिटर बालेर सुतेका थिए। उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।अर्को कोठामा बस्नेले भने हिटर प्रयोग गरे/नगरेको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं