SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/५ गते
    ७१४ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा ।
    आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय बीच प्रतिस्पर्धा रहने छ । जसमा माघ ५ गते आइतबार अल्फा बोर्डिङ स्कुल, अञ्जुुली आवासिय विद्यालय र सूर्योदय बोर्डिङ स्कुलको प्रस्तुती रहनेछभने ६ गते सोमवार वेसलाइन एकेडेमी, लेखनाथ विभुति, सरस्वती सेकेण्डरी स्कुलु र राइजिङ स्टारको प्रस्तुती रहने छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यसैगरी ७ गते मंगलवार कुमुदिनी होम्स, ज्ञान गंगा एकेडेमी, अमरसिंह मावि र युनिभर्स एकेडेमीको प्रस्तुती रहनेछभने ८ गते बुधवार कास्की मोडनाइज्ड एकेडेमी, कालिका मावि, बाल कल्याण र बहादुरे माविको प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार ट्रफी र प्रमाणपत्र, द्धितिय हुनेले २५ हजार, ट्रफी र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेले नगद १५ हजार ट्रफी र प्रमाणपत्र र शान्तवना स्थान हासिल गर्ने समुहले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    महोत्सवको पांचौ दिन शनिवार दर्शकको उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवको पांचौ दिन शनिवार ३५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । शनिवार पोखरा महोत्सवमा चर्चित लोकदोहोरी गायक मिलन लामाको लोकदोहोरी प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।

    लामा संगै लोकदोहोरी गायक गायिकाहरु प्रजापति पराजुली, सुरेन्द्र गुरुङ, निश्चल थापा मगर, माधव चापागाइ, कृष्ण गुरुङ, तुलसा क्षेत्री, लक्ष्मी बानिया लगायतको लोकदोहोरी प्रस्तुती रहेको थियोभने लोकदोहोरी गायक प्रजापति पराजुली र ४० को दशक तिरका चर्चित लोकदोहोरी गायिका माया गुरुङको दोरोही प्रस्तुतीमा दर्शक रमाएका थिए । हास्यब्यङ्ग्य तर्फ पोखरेली धुर्मस र माग्नेबुढाको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । साझको पप कन्सर्टमा कबवेव र स्पर्ष ब्याण्डको लाइभ प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

    महोत्सवको छैठौ दिन आइतबार पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, कृष्ण सुवेदी, नेत्र गुरुङ, टेक क्षेत्री, लक्ष्मी मल्ल, सुनिता नेपाली, सविना गुरुङ, शान्ती डोटेल लगायतको प्रस्तुती रहने छ । त्यसैगरी सांझको पप कन्सर्र्टमा युवाहरुको ढुकढुकी आशिष राना लाहुरे संगै स्थानिय ब्ल्याक रोजको प्रस्तुती रहने छ ।

    महोत्सवमा माघ ६ देखी ८ सम्म कास्की जिल्ला बुद्धिचाल संघको प्राविधीक सहयोगमा युनाईटेड क्लव खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । युनाईटड क्लवको आयोजनामा हुने उक्त प्रतियोगिता अमरसिंह माविको पुस्तकालय भवनमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।

    प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन । यसैविच महोत्सवमा शनिवारदेखी शिक्षक, विद्यार्थी र अभिभावकले संगै बसेर हेर्नुपर्ने शिक्षामुलक वृत्तचित्र समेत प्रदर्शन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं