SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    ९५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको एउटा घटनाका कारण गायीका आस्था राउतको निकै आलोचना भइरहेको छ । कतिपयले विमानस्थलमा कार्यरत महिला प्रहरीको पनि आलोचना गरेका छन् । विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा आस्था र प्रहरी महिलाबीच विवाद भयो ।

    सो विवाद पछि जव आस्थाले फेसवुक लाइभमा प्रहरी संगठनलाई नै गाली गर्दै बोलिन् त्यो बोलिका कारण उनको निकै आलोचना भएको छ । सर्वसाधारणले मात्र होइन कला क्षेत्रका कलाकारहरुले पनि उनको आलोचना गरेका छन् ।लोक दोहोरी गायक भगवान भण्डारीले पनि आस्थाको आलोचना गरेका छन् । ती प्रहरीले आफूलाई ‘तँ’ भन्ने शब्द प्रयोग गरेको आस्थाको आरोप छ। आस्थाले फेसबुक लाइभमै प्रहरीलाई डन्ठे पिउसो जस्ता शब्द प्रयोग गरेकी थिइन् ।

    विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएपछि आस्था राउत र महिला प्रहरीबीच कफीको कपको विषयमा विवाद भएको देखिन्छ। राउतले कफीको कप चेकजाँच गर्ने क्रममा सँगै लगेको देखिन्छ।यसबीचमा चर्चित गायक राजेश पायल राईले पनि आस्थाको ब्यवहारको आलोचना गरेका छन् । राईले फेसबुकमा स्टेटस लेख्दै आस्था राउतलाई रुन्ची नबन्न सुझाव दिएका छन्।

    राजेश पायलले भनेका छन्,‘एयरपोर्टमा साहरुख खानलाई त झन् कट्टुमै चेक गरेको थियो, त्यो उसको अधिकार हो। अब रह्यो पुलिसले कस्तो व्यवहार गर्योरु चेकिङमा कफी पानी लान पाइँदैन। वालेट पनि लान पाइँदैन। उनी मेरी बहिनी हुन् राम्री गायिका हुन् अझ एक द भ्वाइसजस्तो रियालिटी सोकी कोच हुन्।’ राईले भनेका छन्,‘आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ। माया लिनेले घृणा सहन सक्नुपर्छ। तब न हामी कलाकार। उसै त हामी नाथे कलाकार। धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौं।’ उनले अन्तमा आस्था र विमानस्थलमा खटिएका कर्मचारी दुवैले सुध्रिनुपर्ने बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं