SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/३ गते
    ८३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरुप पठाइएको एउटा गैँडा मरेको छ । गत बर्ष दुई भाले र दुई पोथी गरी चारवटा गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पठाइएका मध्ये मितिनीको जोडी भाले गैँडा सोल्टी चीनको सांघाइ पार्कमा मरेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्र्देशक गोपालप्रकाश भट्राईले पेटमा खराबी आएका कारण सोल्टीको मृत्यु भएको भन्ने खबर चीनबाट आएको जानकारी दिनुभयो । “विस्तृत रुपमा खबर आउन बाँकी छ,” उहाँले भन्नुभयो, “बाँकी तीन गैँडा भने सकुशल रहेको बताइएको छ । ”

    सोल्टी मरेपछि मितिनी एक्लै परेकी छिन् । यो जोडीसँगै भद्र र रुपसीको जोडी पनि चीनलाई उपहार दिइएको थियो । एक्ली मितिनीको साथी नहुँदा उसलाई समेत न्यास्रिएकी छिन् । जोडी नभएपछि गैँडामा एक प्रकारको निराशा छाउँछ जसले गर्दा उसका क्रियाकलापमा परिवर्तन हुने र बिरामी समेत हुनसक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

    पठाउनु अघि त्यहाँको वातावरण नेपालको जस्तै रहेको प्रमाणित गरीएको थियो । तर केहीदिन यता सोल्टीलाई पेटको समस्याले सताएको थियो । करिब चारवर्षको सोल्टी आफ्नो सिक्ने उमेरमै वितेको हो । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं