SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    १८०२ &#२३४६;&#२३३५;&#२३२५;

    वीरेन्द्रनगर । ‘तपाईंहरूलाई लाज लाग्दैन? झन्डा हल्लाउन र गाडी चढ्न मुख्यमन्त्री र मन्त्री बनेको हो ? सडकको अवस्था हेरे हुन्छ, कन्तबिजोग छ । विकासमा ध्यान छैन, बजेटजति सबै फ्रिज, कुरा मात्रै ठूला ।’ यो कुनै सर्वसाधारण नागरिकको गुनासो होइन । नेकपा कर्णाली प्रदेश कमिटी इन्चार्ज जनार्दन शर्माले सात महिनाअघि ठूलो आवाजमा पोखेको आक्रोश हो । कर्णाली प्रदेश सरकारले विकास निर्माण र भावी बजेटका विषयमा छलफल गर्न गत जेठ पहिलो साता संघीय सांसद, प्रदेश सांसद र पार्टीका केन्द्रीय सदस्यहरूलाई वीरेन्द्रनगर सुर्खेतमा जमघट गरायो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    छलफल चलिरहेका बेला इन्चार्ज शर्मा हलभित्र छिरे । उनले बोल्न समय मागे । समय पाउनासाथ उनले प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्रीको शिर निहुरिनेगरी आलोचना गरे ।उनले लगातार प्रहार गरिरहे– ‘प्रदेश राजधानी सुर्खेतका सडकहरू देख्नुभएको छैन ? कुन हालतमा छन् ? विकासका ठूला–ठूला योजना बनाउने तर कार्यान्वयन गर्न नसक्ने ? कामगर्न नसक्ने हो भने सामूहिक राजीनामा दिनुहोस् ।’

    करिब २५ मिनेटसम्म उनले लगातार मुख्यमन्त्री र मन्त्रीलाई झपारिरहे । सांसद र पार्टीका केन्द्रीय सदस्यले चुपचाप सुनिरहे । एक जना सांसदले मात्र ताली बजाए, अन्यले एकअर्काको मुहार हेरे तर प्रतिक्रिया जनाएनन् । शर्माले लगातार हप्काउने शैलीमा आक्रोश पोखेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अर्थमन्त्री प्रकाश ज्वाला र अन्य मन्त्रीपनि मौन बसे । आफू बोलेपछि शर्मा अरूको कुरा नै नसुनी हलबाट बाहिरिए ।त्यसलगत्तै अर्का एक सांसदले बोल्न हात उठाएका थिए । मुख्यमन्त्री शाहीले भनिहाले, ‘तपार्इं पनि गाली त गर्ने होलानि ?गर्नुहोस् ।’

    कर्णाली प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममा आकर्षक र महत्वाकांक्षी योजना ल्याएको थियो । प्रदेश ५ बर्दियाको भुरीगाउँबाट सुर्खेतको वीरेन्द्रनगरसम्म सुरुङमार्ग खोल्ने, कोहलपुर–हिल्सा सडक निर्माण गर्ने, भेरी र कर्णालीकरिडोर निर्माण गर्ने, अग्र्यानिक खेतीजस्ता महत्वपूर्ण योजना थिए । तर,प्रदेश सरकारको आधा कार्यकाल सकिँदा एउटा पनि योजनाले गन्तव्य पहिल्याउन सकेको छैन ।

    नीति र योजना ल्याएपनि कार्यान्वयन गर्न नसक्नु मुख्य समस्या देखिएको छ । सरकारले ल्याएका योजना कार्यान्वयमा न सत्तारुढ दलका नेता, सांसदले चासो दिएका छन् नत मन्त्रीहरू नै यस विषयमा जवाफदेही बनेका छन् ।सरकार र सांसद मात्र होइन, कर्णाली प्रदेश योजना आयोगपनि यस विषयमा बोल्न चाहँदैन । ‘हामीले सरकार र लाइन मिनिस्ट्रीहरूलाई सुझाव दिएका छौं, तपाईंले त्यहीं सोध्नुहोस्’,आयोग सदस्य दीपेन्द्र रोकायले भने ।

    बायाँतर्फका को थिए ‘त्यो भाइ’ ?
    प्रदेश इन्चार्ज शर्माले झाँको झारेपछि साँझ कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा दिउँसो भएको छलफलको विषय पनि एजेन्डा थियो । त्यही क्रममा तत्कालीन मन्त्री खड्ग खत्रीले दिउँसो भएको कुरा सम्झिँदै भने, ‘बायाँतिर बसेको त्यो भाइले भनेको कुरा राम्रो र सत्य थियो । उनले दिएका सुझाव राम्रा थिए ।’

    खत्रीको कुरा सुनेपछि मुख्यमन्त्री र मन्त्रीहरू अलमलमा परे । दायाँतिरको त्यो भाइको हो ? पछि बल्ल कुरा खुल्यो । त्यो भाइथिए– नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजाल । आफ्नै पार्टीका केन्द्रीय सदस्यसम्म चिन्न नसक्ने व्यक्ति कर्णाली प्रदेश सरकारका मन्त्री थिए । एस काठमाण्डौंबाट लिइएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं