SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    ८१० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा कुनै प्रकारको ख’तरा नरहेको दावी गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले रावल नेकपाकै नेता रहेको र सरकार पनि नेकपाकै रहेको भन्दै बालुवाटारबाट कसले कसरी धम्क्यायो भन्ने कुरा प्रष्ट हुन नसकेको बताए ।

    एउटा अन्तरवार्तामार्फत रावलले आफूलाई ‘बालुवाटारबाट ध’म्की आएको’ खुलासा गरेको सन्दर्भमा सोधिएको एक प्रश्नमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले प्रश्न गरे, ‘तपाईं पत्याउनु हुन्छ, प्रधानमन्त्री त्यस्तो हुनुहुन्छ ? सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री बाँस्कोटाले बालुवाटारबाट नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावललाई ज्यान मा’र्ने ध’म्की दिइएको भन्ने आ’रोपमा कुनै सत्यता नभएको बताएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारको प्रश्नमा उनले ध’म्की कस्ले दियो स्पष्ट पार्न चु’नौती दिए । ‘बालुवाटारबाट उहाँलाई कस्ले ज्यान मा’र्ने ध’म्की दियो ?’ बाँस्कोटाले प्रश्न गरे । बालुवाटारबाट कोही असुरक्षित नहुने उनको भनाई थियो । उनले चर्चामा आउन रावलले त्यस्तो आ’रोप लगाएको बताए ।

    नेकपा नेता रावलले आफूमाथि बालुवाटारबाट ज्यान मा’र्ने ध’म्की आएको बताएका थिए । रावल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आ’लोचक बन्दै आएका छन् । उनले ओलीका कतिपय कदमहरुको खुलेर वि’रोध गर्दै आएका छन् । रावलको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासँग सामाजिक सञ्जालमा आ’रोप प्रत्यारोप समेत चल्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं