SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    १९२८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सभामुख चयनमा बाधक बनिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारी र पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत समर्थन रहेको खुलेको छ ।

    सुरुमा राष्ट्रपति भण्डारीको बलियो साथ पाएकी शिवमायालाई पछिल्लो समय ओलीले समेत मौन समर्थन गरेको नेकपानिकट उच्च स्रोतले बताएको छ । आफूले भनेको उम्मेदवार सुवास नेम्वाङलाई पूर्वमाओवादी समूहले सभामुख नमान्ने अवस्था तथा शिवमायाका पक्षमा राष्ट्रपति भण्डारीको चर्काे दबाबपछि ओलीले मौन समर्थन जनाएका हुन् । त्यसो त पछिल्लो समय नेकपाभित्र ओली समूहलाई राष्ट्रपति भण्डारीभित्र उपगुटका रुपमा बुझिन्छ । हरेक निर्णयमा राष्ट्रपति भण्डारीको बलियो प्रभाव हुने गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विगतमा नेपाल प्रहरीको आइजिपी नियुक्तिमा पनि राष्ट्रपतिको दबाब चर्काे थियो । राष्ट्रपतिले आफ्नो नाता पर्ने एआइजी पुष्कर कार्कीलाई आइजी बनाउन भएभरको बल लगाएकी थिइन् । रमेश खरेललाई बनाउने पक्षमा रहेका प्रधानमन्त्री ओली पनि राष्ट्रपतिको दबाबसामु गलिसकेका थिए । तर, त्यतिखेर भागवण्डामा नेपाल प्रहरीको आइजिपी पूर्वमाओवादी समूहमा गयो ।

    भर्खर पार्टीको एकता भइरहेको अवस्था र नेपाल प्रहरीको आइजिपीमा माओवादीको कडा अडानले त्यतिखेर राष्ट्रपति समेत पछि हटिन र माओवादीको कोटाबाट अहिले आइजिपी सर्वेन्द्र खनाल नियुक्त भएका थिए । तर, एकता भइसकेपछि पछिल्लो समय निरन्तर माओवादी समूहलाई पेल्दै गइरहेको देखिन्छ । यस्तैमा पूर्वमाओवादीको भागमा परेको सभामुखमा पनि पूर्वएमाले समूह (विद्या र केपी) मिलेर हावी हुन खोजेको देखिएको छ ।

    पछिल्लो विकसित घटनाले पार्टीभित्र प्रधानमन्त्री एवं वरिष्ठ अध्यक्ष ओलीबाट आफूमाथि धोका भएको महसुस अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । अर्काेतिर प्रचण्डलाई पूर्वमाओवादी नेताहरुले सभामुख कुनै हालतमा नछोड्न दबाब दिइरहेका छन् । यदि यसो भएमा पार्टीमा विद्रोह गर्ने उनीहरुको चेतावनी छ । केही नेताले प्रचण्ड छाडेर ओलीमा जानेदेखि पार्टी नै छोड्ने सम्मको चेतावनी दिएर प्रचण्डलाई दबाबमा पारेका छन् ।

    केही नेता भने ओलीले प्रधानमन्त्री अथवा अध्यक्ष पद छाडेमा सभामुख छाड्न सकिने विकल्प प्रचण्डलाई दिएका छन् । पूर्वमाओवादी नेता हरिबोल गजुरेलले सबै पदमा एमालेलाई दिएमा एकताको कुनै अर्थ नहुने बताए । यदि पूर्वएमालेलाई सभामुख चाहिएको हो भने प्रचण्डलाई कि प्रधानमन्त्री वा कि एकल अध्यक्ष बनाउनुपर्ने उनको अडान छ । अन्यथा सभामुख कुनै हालतमा छोड्न नसकिने र जबरजस्ती गरे विद्रोहको अवस्था आउने चेतावनी गजुरेलले दिएका छन् । नेपाल पानाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं