SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    ५५२ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा । पोखरामा धरहरा त छैन तर पनि धरहरा चढेको अनुभव भने पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा लिन पाइने भएको छ । दशौ संस्करण सम्म आइपुग्दा युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सवमा प्रत्येक वर्ष दर्शकलाई फरक टेस्ट दिने गरेको छ । कहिले बसमा निशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती, उंट सवार गर्ने अवसर प्रदान गर्दै आएको आयोजक युनाईटेड क्लवले यो पाटक महोत्सव स्थल भित्र रहेको धरहराबाट महोत्सवको अवलोकन गर्ने ब्यवस्था मिलाएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पोखरा महोत्सव परिसरमा मानिसहरुलाई धरहराको अनुभव प्रदान गर्ने गरी ४० फिट अग्लो ६ तला रहेका धरहरा निर्माण गरी महोत्सवको अवलोकन गर्ने ब्यवस्था आयोजक युनाईटेड क्लवले मिलाएको छ । जसको लागी दर्शकले प्रति टिकट ६० रुपैया तिर्नुपर्नेछ । पोखराको कांहुमा धरहरा छ त्यसबाट पोखरा बजार हेर्न मिल्छ तर पोखरा भित्रभने धरहरा छैन र त्यसलाइ मध्येनजर गरी पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले धरहरा निर्माण गरेको हो । धरहराबाट महोत्सवको स्टेज, महोत्सवका दर्शक र महोत्सवका गतिविधी संगै अमरसिंह चोक परिसरलाई नजिकबाट नियाल्न सकिन्छ ।

    महोत्सवमा निर्माण गरिएको धरहराको गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले उद्घाटन गरे । धरहराको उद्घाटन गर्दै कोइरालाले पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले सामाजिक काम संगै महोत्सवमा हरेक वर्ष फरक शैलीबाट मनोरन्जन दिन सफल भएकै कारण दर्शकको माया र साथ पाएको वताए । पोखरा महोत्सवकै आयोजना गरी सामाजिक काममा मात्र नभइ महोत्सवमा आउने दर्शकहरुलाई एउटै शैलीबाट भन्दा फरक फरक शैलीबाट दर्शकहरुलाई मनोरन्जन दिने उद्देश्यले यो पटकको महोत्सवमा ४० फिट अग्लो धरहराबाट दर्शकहरुलाई महोत्सव अवलोकनको ब्यवस्था मिलाइएको युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए ।

    माघे सक्रान्तीको समेत संयोग परेका कारण पोखरा महोत्सवको दोश्रो दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवको दोश्रो दिन बुधवार लोकदोहोरी तर्फ राजु गुरुङको सालैजो मार्फत भरपुर मनोरन्जन लिएभने राजु गुरुङ संगै लोकदोहोरी गायक गायिका श्रीराम अधिकारी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली, माया गुरुङ लगायतले दर्शकलाई दोहोरी मार्फत मनोरन्जन प्रदान गरेभने हास्य ब्यंग्यतर्फ शिवहरी बैरागी र दमन रुपाखेतीको प्रस्तुती मार्फत भरपुर मनोरन्जन लिए ।

    सांझको पप कन्सर्टमा मंगोलियन हर्ट राजु लामा र स्थानिय ब्याण्ड प्रोभर्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका सांस्कृतिक उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा डढुवा दुर्छा लम्जुङ तमु समाजको सांस्कृतिक प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो ।

    महोत्सवमा विहीबार लोकदोहोरी तर्फ कुलेन्द्र बि.क., जीवन दाहाल, सरला पाण्डे, शंकर विरही गुरुङ, टेक क्षेत्री, रमा राना मगर, कमला गैरे लगायतको प्रस्तुती रहनेछभने नेवारी संस्कृती झल्कने तेर्सापट्टी तायामचा समितीको लाखेनाचको प्रस्तुती रहनेछभने सांझको पप कन्सर्ट तर्फ एम सी फ्लो र स्थानिय स्पर्श ब्याण्डको प्रस्तुती रहने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं