मुम्बइ, । बलिउड नायिका जायरा वासिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ । सन् २०१७ मा अभिनेत्री वासिमले आफूमाथि शारीरिक दुर्व्यवहार भएको बताएकी थिइन् ।
सो घटना भइरहँदा अभिनेत्री वासिम १७ वर्षीकी मात्र भएकीले पीडक सचदेवलाई बालबालिका संरक्षण कानुनमा दोषी ठहर गरिएको हो ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नयाँ दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा ४१ वर्षीय सचदेवले शारीरिक दुर्व्यवहार गरेको लाइभ गरेकी थिइन् । विस्तारा एयरलाइन्सले सो व्यक्तिबारे जानकारी गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।