SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    १०९१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ ९ गते देखि १९ गतेसम्म बढागाउँ चौरमा हुन लागेको महोत्सवको ८० प्रतिशत काम सकिएको आयोजक संस्था पर्वत उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

    महोत्सव परिसरमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका प्रचार बिभाग प्रमुख ठाकुर बि. पौडेलले उक्त कुरा बताएका हुन । पौडेलका अनुसार बाहिरी रुपमा गर्नुपर्ने तयारी लगभग ८० प्रतिशत बढी सकिएको जानकारी दिए ।

    यस्तै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महोत्सवका मुल संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले सबैको सहयोगले मुख्य प्रायोजक र प्रायोजकहरुको उत्साहपुर्ण सहभागिता रहेको बताए । बिगतमा महोत्सवको लागि ब्यक्ती जग्गा खोज्नुपर्ने कामबाट मुक्त भैरहेको र महोत्सव स्थल निर्माणमा कुश्मा नगर पालिका, जिल्लाका सबै जनप्रतिधिहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको बिषेस सहयोगले काम अगाडी बढीरहेको बताए ।

    महोत्सवका बारेमा आफ्नो धारणा राख्दै बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले आर्थिक रुपमा बिगतको जस्तै यसपालीको महोत्सव पनि सफल हुने बताए । अधिकारीले भने महोत्सवमा बिषेस पास प्याकेजको ब्यबस्था गरिएको र बजारमा आजबाट नै प्याकेज टिकटको काम शुरु गर्न लगोको बताए । साथै महासचिव गणेश लामिछानेले महात्सवमा बोलाउनु पर्ने पाहुना तथा आगन्तुकहरुलाई पत्र पठाईएको र महोत्सवलाई भब्य रुपमा सफल पार्न सबैको सहयोग उल्लेख्य रहेको बताए ।

    महोत्सव यसपाली आफ्नै खुल्ला चौरमा हुनेछ । महोत्सवका बिषेस आर्कषणको रुपमा स्वदेशी तथा बिदेशी उत्पादनका स्टलहरु, रमाईलो मेला हरेक दिन राष्टीय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीहरु, बिभिन्न प्रकारका खेलहरु रहनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं