SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    १३२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं, । रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो ।त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ तर कति सम्भव होला ? यति मात्र सार्वजनिक सवारीको समस्या होइन । कतिपय सार्वजनिक सवारीमा उडुसकै आतंक भएको यात्रु बताउँछन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उडुस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा, उपियाँ नहुने कुरै भएन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन्, ‘अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने भेटियो । उडुस भेटिएको यात्रु नै बताउने गर्छन् । धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिए ।’सार्वजनिक यातायातका सवारीको बेथितिका सम्बन्धमा धेरैको गुनासो आयो, ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले थपे, ‘बारम्बार सरसफाइ र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्न अनुगमनमा खटिनु परेको हो ।’

    सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करिब ३० वटा सार्वजनिक सवारी साधनलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराइएको छ । अधिकांश सवारीको झ्याल र ढोका बिग्रिएर कामचलाऊ अवस्था छन् भने हप्तामा एक दिन सफा गरेको पाइएको छैन ।समात्ने डन्डी तथा ह्यान्ड कच टुटेको अवस्थामा फेला परेका छन् । गाडीहरूमा यात्रुमैत्री सुविधाको धेरै नै अभाव छ । त्यसैगरी सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन चालकको भूमिका महìवपूर्ण हुने भएकाले अशोभनीय क्रियाकलाप, तुच्छ र अपशब्द प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

    जुत्ता लगाएर सवारी चलाउन अनिवार्य गरिएको छ । सवारी चलाउँदा चर्को गरी गीत बजाउने र सूर्तिजन्य पदार्थ खान निषेध गरिएको छ । चालक तथा सहचालकले यात्रुमैत्री व्यवहार प्रदर्शन गर्न बोली, व्यवहारका अतिरिक्त साथी सङ्गीहरूसँग कुरा गर्दासमेत सचेत हुनुपर्ने छ ।ट्राफिक नियमको पूर्णपालना गरी यात्रुप्रति सेवाभाव राख्न सचेत गराइएको छ । ‘सवारी दुर्घटना आफ्नो कारणले भन्दा अर्काको कारणले पनि हुन सक्ने भएकाले सार्वजनिक सवारीका चालकहरू निजी सवारी चालकभन्दा सचेत र जिम्मेवार हुनुपर्ने छ ।’

    महाशाखा प्रमुख ढकालका अनुसार थोत्रो र मैलो सिट कभर, भाँचिएको सिट र फोहोर शब्द प्रयोग गरेको गुनासो आएमा कारबाही हुनेछ । अनुगमनका क्रममा यातायात व्यवसायीहरूले ठूलाखाले बसमा भन्दा माइक्रोबस र मिनीबसमा समस्या रहेको बताएका छन् ।गाडी फोहोर हुनुमा चालकहरूलाई जिम्मेवार देखाउँदै यातायात व्यवसायी अर्जुन गौतमले चालक र ट्राफिक प्रहरी दुवै अनुशासित र मर्यादित हुनुपर्ने बताए । तर चालकहरूले भने जुम्रा, उपियाँ र उडुस यात्रुबाट सरेको आरोप लगाएका छन् । सरोकारवाला निकायहरूसँगको छलफलपछि सुधार र सरसफाइका लागि १९ बुँदे निर्णय सार्वजनिक गरिएको थियो । गाेरखापत्र दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं