SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    ५९१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीले पाँचौ वार्षिकोत्सव मंगलबार मनाएको छ । कास्कीको माछापुच्छ«े गाँउपालिका ८ ल्वाङ गाँउमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव भब्यताको साथ मनाएको हो ।

    होमस्टेको प्रर्वद्धन गर्ने उद्देश्यको साथको ल्वाङ गाँउमा सञ्चालित ल्वाङ सामुदायिक होमस्टेमा पुगेर वार्षिकोत्सव कार्यक्रम गरेको संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङले बताईन् । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद मिना गुरुङले तमु सञ्चारकर्मी संघको उत्तोरतर प्रगतीको कामना सहि गर्दै होमस्टेको बिकाशका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताईन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गाँउमा होमस्टे स्थापना हुदा गाँउको बिकाश हुनुका साथै स्थानियले रोजगारीको अवसर पनि प्राप्त गर्ने बताईन । गण्डकी प्रदेश सरकार पनि होमस्टेको प्रर्वद्धन गर्न लागिपरेको हँुदा प्रदेशबाट पाउने सेवा सुविधा कार्यसमिती चनाखो हुनुपर्ने उनको धारणा थियो । प्रत्येक गाँउमा होमस्टे स्थापना हुने हो भने सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सफल पार्न सहयोग पुग्ने उनले बताईन् ।

    कार्यक्रममा होमस्टेकी पूर्व अध्यक्ष हिम कुमारी गुरुङले होमस्टेको बारेमा जानकारी दिदै तमु सञ्चारकर्मीहरुलाई स्वागत गर्न पाउदा निकै खुसी लागेको बताईन् । २०६७ सालमा ७ घरबाट सुरु भएको होमस्टे अहिले १२ घरमा फैलिएको उनको भनाई थियो । सुरुको चार बर्ष चल्न गाह्रो भएपनि पछिल्लो समय पाहुनाको संख्या बढको जानकारी दिदै सिजनमा एकैदिनमा १७ सय सम्म पाहुना आएका जानकारी दिईन् । होमस्टेमा केही समस्या बिद्यमान रहको पनि उनको धारणा रहेको थियो । ल्वाङ गाँउ सम्म पुग्न ट्रयाक खुलेपनि कच्ची हुदाँ समस्यको भएको उनले बताईन् । पाहुनाले बजारबाटै सामान लिएर जाँदा पनि स्थानिय उत्पादनले स्थान नपाएको उनको गुनासो थियो । ल्वाङ गाँउलाई चिया बगानले पनि प्रर्वद्धनमा सहयोग पुगेको उनको धारणा थियो ।

    वार्षिकोत्सव कार्यक्रममा संघका संस्थापक अध्यक्ष हुमबहादुर गुरुङले तमु सञ्चारकर्मी संघ कास्कीको पाँचौ बार्षिकोत्सवमा शुभकामना दिदै पछिल्लो समय तमु सञ्चारकर्मी उत्पादन हुन नसकेको गुनासो गरे । पछिल्लो समय तमुहरुमा सञ्चार क्षेत्रको बारेमा महत्व बुझाउन नसकिएकोमा यसमा संघले नयाँ नयाँ कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । उनले तमु सञ्चारकर्मी कम भएमा गुरुङ गाँउहरुको प्रर्वद्धनमा पनि कमी आउने धारणा राखे ।

    कार्यक्रममा संघकी केन्द्रिय सचिव रोशनी गुरुङ, संघकी कानुनी सल्लाहकार जुना कुमारी गुरुङ लगाएतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक सम्राट गुरुङले दिएका थिए । संघ कास्कीकी अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज गुरुङले गरेक थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं