SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ११९० &#२३४६;&#२३३५;&#२३२५;

    साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आइसकेको छ । यो फिल्म दर्शकलाई निकै मन परेको छ । साथै, फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । यो फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको भारतीय मिडियाले बताएका छन् । फिल्मले घरेलू बजारसँगै अमेरिकालगायतका देशमा पनि ठूलो कमाई गरेको छ ।

    यो पारिवारिक फिल्मले संयुक्त राज्य अमेरिकामा ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, फिल्मको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको छ । त्रिविक्रम श्रीनिवास निर्देशित फिल्म अल्लूसँगै तब्बू, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरुको अभिनय छ ।

    बलिउड लाइफ डटकममा हालै कुराकानी गर्दै अभिनेता अल्लू अर्जुनले बलिउडमा काम गर्ने विषयमा भनेका छन्, ‘मलाई हिन्दी फिल्ममा काम गर्न मन छ । मलाई बलिउड फिल्म निकै मन पर्छ । मलाई लाग्छ कि कोही पनि दक्षिण भारतीय अभिनेतालाई बलिउडमा काम गर्ने इच्छा छ । किनकि, बलिउड निकै ठूलो उद्योग हो । यहाँ जो पनि आफ्नो करिअर बनाउन सक्छ ।’

    ‘आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै, बलिउड अभिनेत्री तब्बू यो फिल्मबाट वर्षौपछि टलिउडमा फर्किएकी हुन् । उनले फिल्ममा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन् । १० वर्षपछि उनले तेलुगू फिल्म गरेकी हुन् । यो फिल्मले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं