SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    ८३७ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा  ।
    दशौ संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा कुनैपनि मासु किन्दा प्रतिकेजी ३० रुपैया छुट पाइने भएको छ । यसको ब्यवस्था पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सव प्रायोजक पोखरा मिट मार्ट प्रा. लि. संगको सहकार्यमा गर्ने भएको हो । पोखराको लेकसाईडमा विगत ८ वर्षदेखी सञ्चालन भइ हाल पोखराको अमरसिंह चोकमा सञ्चालित पोखरा मिट मार्ट प्रालिको शाखाबाट महोत्सवमा आउने दर्शकले मिट मार्टमा आफुले काटेको टिकटको अर्धकट्टी लैजानुपर्ने दशौ पोखरा महोत्सव ब्यानर ब्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले जानकारी दिए ।

    युनाईटेड क्लवको आयोजनामा पुसको २९ गते मंगलवार देखी माघ १२ गते सम्म सञ्चालन हुने पोखरा महोत्सवको प्रत्येक टिकटको अर्धकट्टी लगेको खण्डमा पोखराको अमरसिंह चोक र लेकसाइडमा रहेको मिट मार्टमा उपलब्ध विभिन्न प्रकारको मासुको खरिदमा एउटा टिकटबाट एक केजी मासु किन्दा ३० रुपैया छुट दिने पोखरा मिट मार्टका सञ्चालक चिन बहादुर गुरुङले वताए ।

    युनाईटेड क्लवले स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा चिडियाखाना निर्माणमा समेत योगदान दिएकाले आफ्नो ब्यवशायबाट समेत केही सामाजिक काममा सहभागीता जनाउनका लागी आफुले महोत्सव अवधिभर छुटको योजना ल्याएको गुरुङको भनाइ रहेको थियो ।

    गुरुङका अनुसार उक्त स्किम पोखरा महोत्सव अवधि पुष २९ देखी माघ १२ गते सम्म लागु हुनेछ । पोखरा मिट मार्ट पोखराको लेकसाईडमा विगत ८ वर्षदेखी सञ्चालनमा आएको र अमरसिंह चोकमा विगत १ महिनादेखी सञ्चालनमा आएको हो । पोखरा मिट मार्टमा खसी, कुखुरा, बंगुर, भैसीका मासु सहित माछा र मासुजन्य वस्तुहरु उपलब्ध रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं