SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    २१२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अमेरिकी सैनिक अखडामा फेरि रकेट हमला भएको छ । इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा आइतबार एकै पटक ६ वटा रकेट हमला गरिएको थियो । इराकी सेनाका अनुसार बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट एकैसाथ प्रहार भएका थिए । अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो ।

    हमलाबाट इराकी सेनाका दुई कमाण्डरसहित चारजना घाइते भएको बताइएको छ । तर, इराकी र इरानी कतिपय संचारमाध्यमहरुले हमलाबाट अमेरिकाका दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् । उक्त अखडाबाट धेरैजसो अमेरिकी सेनाले क्याम्प छोडेर भागिसकेकोले ठूलो क्षति नभएको बताइएको छ । इरानले गरेको क्षेप्यास्त्र हमलापछि अमेरिकी सेना उक्त अखडाबाट भागिसकेका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उक्त अखडामा अहिले इराकी सेना रहेको छ । इराकी सेनाले आफ्नो एफ–१६ लडाकु विमान पनि यही अखडामा राख्दै आएको छ । रकेट कहाँबाट प्रहार भएको थियो भन्ने बारेमा अझै पत्ता लगाउने सकिएको छैन् । गत हप्ता मात्रै इरानले यही सैनिक अखडामा हमला गरेको थियो ।

    पछिल्ला दिनमा इराकमा रहेका अमेरिकी सैनिक अड्डामा आक्रमणको सिलसिला बढिरहेको छ । तर धेरैजसो आक्रमणमा इराकी सैनिक घाइते भएका छन् । यस्तै आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं