SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    १११० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं, । डा.शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए सत्तासीन नेकपा संवेैधानिक संकटमा पर्ने देखिन्छ।‘संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीलाई म बैठकमा अगाडि बढाउँछु’, तुम्बाहाङफेले भनिन्। सचिवालयले सभामुख निर्वाचनको मिति तोक्ने सम्भावित कार्यसूची बनाएको छ।

    तर, तुम्बाहाङफेले राजीनामा नदिई सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउँदा संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुख पद गुमाउने नेकपाकै नेताहरू बताउँछन्। ‘उहाँले राजीनामा नदिई प्रक्रिया अगाडि बढाए नेकपाले सभामुख पद गुमाउनुपर्छ’, नेकपाका प्रमुख सचेतक देव गुरुङले भने।

    पार्टी अध्यक्षद्वय ओली र दाहालसँग शुक्रबार भएको संयुक्त छलफलमा उपसभामुख तुम्बाहाङफेले आफूलाई सभामुख नबनाए संसद् सञ्चालन गर्ने चेतावनी दिएकी थिइन्।त्यसक्रममा तुम्बाहाङफेले सभामुख आफूलाई बनाए मात्र राजीनामा दिने, नभए आफूले संसद्को प्रक्रिया अगाडि बढाउने र त्यस्तो अवस्थामा महाभियोग लगाए पनि सामना गर्ने चेतावनी दिएकी थिइन्।

    तुम्बाहाङफेको ‘चेतावनी’ पछि दुवै अध्यक्षले उपसभामुखले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्ने/नसक्नेबारे पूर्वसभामुख सुवास नेम्बाङलाई फोन गरेर राय मागेका थिए।नेम्बाङले उपसभामुखले राजीनामा नदिई निर्वाचन प्रक्रिया अगाडि बढाउँदा नेकपाले सभामुखमा दाबी गर्न नमिल्ने सुझाव दिएका थिए। त्यसपछि दुवै अध्यक्षले उपसभामुखलाई राजीनामा गर्न आग्रह गरेका थिए। अन्नपूर्णा पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं