SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    ७५६ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल हेमजा, । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म गर्न लागिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत मूल आयोजक समिति तथा विभिन्न विषयगत उपसमिति गठन गरी कार्य अगाडि बढाइएको छ भने यज्ञ स्थल निर्माणको कार्य समेत शनिवार सम्पन्न भइसकेको छ।

    शनिवार महायज्ञको तयारी सम्बन्धमा सरोकारवालाको बैठक वसी विभिन्न निर्णय गरेको छ ।जसअन्र्तगत यहि पुष २८ गते ढिकुरपोखरी समाज पोखरासँग अन्र्तक्रिया गर्ने, पुष २९ गते गाउँपालिका अन्र्तगत रहेका वन समूहसँग छलफल गर्ने, माघ १ गते मण्डव निर्माण गर्नुका साथै वडास्तरीय टोल संयोजक तथा आमा समूहसँग अन्र्तक्रिया गर्ने, ३ गते युवा भेला राख्ने निर्णय भएको छ ।

    कार्यक्रममा भनाई राख्दै यज्ञका सहअध्यक्ष कुलबहादुर गुरुङ कुलुले शिवालयलाई शिवधामका रुपमा विकास गर्नुपर्ने औँल्याए ।यज्ञ सम्पन्न गर्नु पाउँदुरवासीको साझा दायित्व भएको भन्दै उनले यज्ञ सुरु हुन अगावै दाताको पहिचान गर्नुपर्ने भनाई राखे । ढिकुरपोखरी समाज पोखराका अध्यक्ष विष्णुप्रसाद अधिकारीले यज्ञलाई सफल बनाउन समाज लागिपर्ने स्पष्ट पार्दै यज्ञको लक्ष्य प्राप्तिमा एकजुट हुनपर्ने औँल्याए ।यज्ञका अध्यक्ष रामचन्द्र पौडेलले यज्ञ मार्फत धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    महासचिव हरीप्रसाद शर्माले सवैको सहयोग र सद्भावबाट यज्ञ सम्पन्न गरिने विश्वास लिए । महायज्ञमा प्रमुख वाचकको भूमिका भागवत् भाष्कर प. कमलनयन गौतमले गर्दैछन् । यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको जीर्णद्वार गर्ने, बहुउद्देश्यीय धर्मशाला, यज्ञशाला, यज्ञमण्डव, क्रियाकर्म स्थल, विभिन्न उद्यान निर्माण तथा माता अन्नपूर्ण स्थापना गर्ने मूल उद्देश्य राखिएको छ। मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रम महासचिव हरीप्रसाद शर्माले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं