SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    ७८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० जना नेपालीलाई स्वदेश फर्काइएको छ । ग्रिन जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता पठाएको हो ।

    अमेरिकी दूतावास र सैन्य क्याम्प (बग्दाद एम्बेसी कम्पाउन्ड) मा कामदार आपूर्ति गर्ने कम्पनीहरूले विदेशी कामदारलाई स्वदेश फर्काइरहेका छन् । ‘सुरक्षा खतरा बढेपछि कम्पनीले हामीलाई घर फर्कन इच्छुक हो/होइन सोधेको थियो, मैले तुरुन्तै नाम दिएँ,’ काठमाडौं आइपुगेका सर्लाहीका तिलक परियारले भने, ‘संयोगले फिर्ने सूचीमा परिहालें ।’

    परिस्थितिअनुकूल भएपछि बोलाउने भनिएको उनले बताए । कम्पनीले अवस्था हेरेर पठाउने र बोलाउने प्रक्रिया चलिरहन्छ । ‘वर्षमा सामान्यत: चार पटकसम्म बिदा पाइन्छ, तर त्रिभुवन विमानस्थलबाट सहजै जान नपाउने भएकाले फर्किएको थिइनँ,’ उनले भने । ६ वर्षदेखि अमेरिकी दूतावास परिसरभित्र प्लम्बरको काम गर्दै आएका उनका अनुसार अमेरिकी दूतावास इरानबाट मात्रै नभई इराककै विद्रोही समूहको पनि निशानामा छ ।

    ‘कतिखेर के हुन्छ भनेर टुंगो नहुने । दूतावासले सुरक्षाको सबै उपायहरू अपनाएको हुँदा भित्रै बम/बारुद पड्किने त होइन, तैपनि कम्पनीले जोखिम लिन चाहेन,’ उनले भने । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं