SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    ६२० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ । आगामी पुषको २९ देखी माघको १२ गते सम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको आयोजनामा महोत्सव स्थल अमरसिंह चौर परिसर र बाहिरी कम्पाउण्डमा रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो ।

    उक्त अवसरमा युनाईटेड क्लवका पदाधिकारीहरु तथा अमरसिंह चोक वरपर रहेका विभिन्न संघ सस्था, आमा समुह, महिला समुह तथा स्थानियहरुले ब्यापक सहभागीता जनाएको दशौ पोखरा महोत्सव सरसफाइ उपसमिती संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।सरसफाइ कार्यक्रममा विभिन्न प्रकारका फोहोरहरु प्लाष्टिकजन्य, कुहिने र नकुहिने गरी वर्गीकरण गरी छुट्टा छुट्टै बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ल्याण्डफिल्ड साइडमा पठाइएको समेत संयोजक श्रेष्ठले वताए ।

    विगतका वर्षहरुमा पनि पोखरा महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा १० औ संस्करणको पोखरा महोत्सव सञ्चालन हुदैछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं