SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    १०३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । सन् २०२० कै पहिलो चन्द्रग्रहण आज शुक्रबार २५ गते लाग्ने भएको छ । शुक्रबारका दिन, स्वस्थानी पूर्णीमाका दिन परेको यो ग्रहण अद्भूत रहेको बताइएको छ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये आज लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो।

    शुक्रबार लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ ।यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ।२०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन्। यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन्। यसपटकको चन्द्र ग्रहण उपछायाँ ग्रहण हुनेछ । जसमा चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले यसलाई स्पष्ट रुपमा देख्न सकिँदैन ।
    चन्द्र ग्रहणको असर र फल
    शुभ फल : कुम्भ, तुला, मीन, कर्कट
    मध्यम फल : मेष, कन्या, मिथुन, सिंह
    अशुभ फल : मकर, वृश्चिक, वृष, धनु

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं