SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    १८९१ &#२३४६;&#२३३५;&#२३२५;

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका हरेक राजनीतिज्ञ का लागि प्रेरणाको स्रोत मानिन्छन। एउटा सामान्य चिया बेच्ने मान्छे कसरी देशको प्रधानमन्त्री बन्यो यो कथा साच्चैनै उदाहरणीय छ। कुटनितिक मामिलाका जानकार मोदिलाई चतुर खेलाडिका रुपमा मान्छन ,तर छिमेक नितिमा भने मोदी पूर्णरुपमा असफल साबित भएका छन।

    मोदि उदयपुर्ब दक्षिण एसियामा भारतको हालिमुहाली थियो, बिदेशी कुटनितिक नियोग तथा पश्चिमा राष्ट्र समग्र दक्षिण एसियालाई भारतको आँखाले हेर्थे। नेपालसँग अमेरिकाले गरेको दिपक्षीय सम्झौता एमसिसीमा भारतको प्रबेश यसैको नमुना हो। मोदिको ऊदयपस्चात् सार्क पूर्णरुपमा निस्कृय छ।पाकिस्तानलाई एक्लाउन भारत सार्कको ठाउमा बिस्मेटक ब्युताउन घनिघोट मेहेनत गर्दैछ यो मोदी सरकारको सबैभन्दा ठुलो गल्ती हो।

    बिस्मेटक नितान्त आर्थिक संगठन हो भने सार्कले समग्र दक्षिण एसियाको भाषा,सस्कृती, खेल र आत्मियता लाई समेट्छ।भाबनात्मक सम्बन्ध सदैब पैसा भन्दा ठुलो हो भन्ने कुरा मोदिले बुझेकै होलान।आशा गरिएअनुसार मोदी पाकिस्तानसङको सम्बन्ध सुधार्न सकेनन उल्टै सिमा तनाब युद्दस्तरमा पुगेको छ। भारतका असल छिमेकीका रुपमा चिनिने नेपाल र माल्दिभ्स ले औपचारिक रुपमै नाकाबन्दिको आरोप लगाए भने हिन्दूबादी छबी बनाएका मोदी बङलादेश, अफ्गानिस्तान, मलेसिया जस्ता मुस्लिम देशका अप्रिय पात्र कै रुपमा रहिरहे।

    नेपालमा कम्युनिस्टको उदय र श्रीलन्कामा राजापाक्षेको पुनर्बहालीले मोदिलाई चुनौती थपिएको अनुमान गर्न सकिन्छ । भारत विश्वमै सबैभन्दा धेरै छिमेकीसँग सिमा समस्या भएको देशहरुमा पर्छ भने अर्कोतर्फ दक्षिण एसियामा भारतबिरोधी भाबना ईतिहासकै उग्र अवस्थामा छ। भौगोलिक बनावट र खुल्ला सिमानाका कारण छिमेकी देशका नागरिकलाई भारत प्रबेश सहज छ यो पछी गलाको पासो बन्न नसक्ला भन्न सकिन्न।

    मोदिको दोस्रो कार्यकाल उनको लागि परिक्षा पनि हो। भारतका प्रधानमन्त्रीमध्य सबैभन्दा बढी सार्क राष्ट्रको भ्रमण गरेका मोदी छिमेकीसँग किन कमजोर परिरहेका छन गम्भिर समिक्षा हुन जरुरी छ। यही स्तरमा छिमेकीसँग सम्बन्ध चिसिदै जाने हो भने भारत तथा समग्र दक्षिण एसियाले ठुलो मुल्य लामो समयसम्म चुकाउनुपर्छ।
    धर्मराज सुबेदी “राजन “
    कुश्मा ८ पर्बत

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं