SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२४ गते
    १२०९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । इरान र अमेरिकाबीच बढ्दै गएको तनाबलाई कम गर्न धेरै देशहरु अगाडी आएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीलाई अमेरिकाले सिध्याएपछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आ’ क्रमणपछि इजरायल पनि अगाडी आएको छ । इरानका सुप्रिम लिडर अली ख़ामेनेईले अब युएई, इजरायल लगायतका देशहरुमाथि आ क्रमण गर्ने बताएका छन् ।

    इरानी संसदले अमेरिकी सेनालाई आ तंक वादी संग ठनका रुपमा घोषणा गरेको छ । अमेरिकी जनतासँग कुनै समस्या नभएको भन्दै अमेरिकी सेनामाथि इरान आइलागेको छ । अर्को तिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टा उको का टेर ल्याउनेलाई इरानले ८० लाख डलर पुरस्कार दिने पनि घोषणा गरेको छ । यो नेपाली झण्डै १ अर्ब रकम हो । दुई देशका बीचमा तनाब लगातार बढ्दै गइरहेको छ ।

    इरानले आफ्ना कमान्डर मा रिएको झोकमा झण्डै २२ बलास्टिक क्षे प्यास्त्र इराकमाथि आ क्रमण गरेको थियो । इरानका अनुसार उस्ले ८० जना अमेरिकी सैनिकलाई सिध्याएको छ । जानकारी अनुसार कम्तीमा २०० जना घाइते भएका छन् । उता अमेरिकाले भने झण्डै दर्जन बराबर मि साइल हा निएको भए पनि मानविय क्षतिबारे कुनै जानकारी दिएको छैन । यस घटनामा वर्षौ देखि जोडिएको इजरायलले अमेरिकी राष्ट्रपतिलाई बधाई दिएको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुलेमानीका कारण हजारौं निर्दोशले ज्यान गुमाएको भन्दै उनी आ तंक वादी नै भएको बताएका छन् । उनले यस घटनामा इजरायल अमेरिकाको अगाडी, पछाडी नै भएको बताएका छन् । इजरायलको सबैभन्दा मिल्ने मित्रको रुपमा अमेरिका भएको पनि उनले उल्लेख गरेका छन् । एक साक्षात्कारमा उनले भने, ‘कासिम सोलिमानि असंख्य निर्दोषहरूको मृत्युको लागि जिम्मेवार थिए ।

    म राष्ट्रपति ट्रम्पलाई हार्दिक र दृढ संकल्पको साथ द्रुत गतिमा अ प्रेशन गरेकोमा बधाई दिन्छु । अमेरिकाको इजरायलभन्दा राम्रो साथी छैन र इजरायलको पनि अमेरिका भन्दा राम्रो मित्र छैन । हामीले सामना गर्ने चुनौतिहरू कम छैनन्, तर हामी चुनौतीहरूसँग हाम्रो आ त्माको खोजी गर्नेहरूको सामुन्ने उभिन्छौं । जसले हामीलाई ह मला गर्ने कोशिश गर्दछ–धेरै महंगो पर्नेछ ।’ एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं