SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२३ गते
    १०४३ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । माछापुच्छे« गाउँपालिका–६, धिताल, हेम्जाकोट स्थित जय बराह युवा क्लवको आयोजनामा आजदेखि पुसे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले होमस्टे व्यवस्थित गरी पर्यटन प्रवद्र्घन गर्नुपर्ने बताए ।उनले धिताल कोइलीकोट, हेम्जाकोट जस्ता कोटैकोटको संगम स्थल भएकाले पर्यटकको आक्रर्षण केन्द्र बनाउन सकिने दावी पनि गरे । धितालका वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले जन्मभूमिप्रति सबैले माया गर्नुपर्ने बताए ।आपसमा दोषारोपण गरेर विकास नहुने औँल्याउँदै वडाध्यक्ष ढुङगानाले सबैसँग सहकार्य गर्न आफू तयार रहेको स्पष्ट पारे।

    माछापुच्छे« ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षत्रीले मेला महोत्सवले ठाउँको चिनारी बढाउने भनाई राखे ।नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव राजाराम पौडेलले धितालवासी विकासका भोका रहेको औँल्याए । उक्त कार्यक्रममा जयकोट मन्दिरका अध्यक्ष अमरबहादुर क्षत्री, नेकपामा वडा सचिव रुद्रबहादुर क्षत्री, काँग्रेसका छविरमण पौडेल, समाजसेवी खड्कबहादुर गुरुङ, भुमेश्वर विद्यालयका पुर्व प्रधानाध्यापक झलकराम पौडेल, गन्तब्य फाउन्डेसन कास्की अध्यक्ष लक्ष्मण तिमिल्सीना, क्राउड्स कास्की अध्यक्ष चिरञ्जिवी गौतम, खेल संयोजक सुन्दर गुरुङ लगायतले धारणा राखेका थिए ।

    मेला अन्र्तगत आज सम्पन्न भलिवल खेलमा म्याग्दीचोक युवा क्लव हेमजालाई हराउँदै बौद्घ सिर्जनशील युवा क्लव घलेल बिजयी भएको छ ।मेला अन्र्तगत भलिवलका अवला नृत्य, घैटो फुटाई, रसी तान्ने, मकै गन्ने, छेलो, मेच घुमाई लगायतका प्रतियोगिता हुने खेल संयोजक सुन्दर गुरुङले बताएका छन् ।मेला चार दिनसम्म चल्नेछ । क्लव अध्यक्ष रविन गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेल संयोजक सुन्दर गुरुङले स्वागत तथा क्लवका सल्लाहकार सोमनाथ पौडेलले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं