SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२३ गते
    ११४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने जानकारी दिएको छ । प्रदेश नम्बर ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो । माघीका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघी उत्सवको समेत योजना गर्ने जानकारी दिइएको छ । गएको वर्षसमेत उत्सव आयोजना गर्दै सरकारले दुई दिने बिदा दिएको थियो ।

    यो पनि, स्याङ्जाको वालिङ– १ रामबाच्छामा रामबाच्छा सिरेटारी लिफ्टिङ खानेपानी योजनाको निर्माण अगाडि वढेको छ । हरीकरणसँगै जनसङ्ख्याको चाप बढ्दै गएपछि शुद्ध खानेपानीको आपूर्तिका गर्न सङ्घीय सरकारको करिव रुपैया नौ करोडको आर्थिक सहयोगमा खानेपानी योजनाको शिलान्यास गरिएको खानेपानी योजनाका अध्यक्ष झलकनारायण काफ्लेले जानकारी दिनुभयो ।

    “बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि अर्मादीखोलाको लुतिबुडी भन्ने स्थानबाट पानी तानेर थामडाँडामा पुर्याइनेछ”, उहाँले भन्नुभयो, “थामडाँडामा फिल्टरजडित मुख्य खानेपानी ट्याङ्की निर्माण गरिनेछ भने अन्य दुई वटा ट्याङ्की निर्माण गरी वितरण गर्ने योजना छ ।” निर्माण थालिएको योजना अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना सम्पन्नपश्चात वालिङ नगरपालिकाका रामबाच्छा, त्रियासी, खहरे लगायतका दुई हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।

    खोलाको सतहदेखि १५२ मिटर ठाडो उचाइमा लिफ्टिङ गरी थामडाँडामा निर्माण हुने ट्याङ्कीमा पानी सङ्कलन गरिने इञ्जिनीयर नवीन पौडेलले बताउनुभयो । उपभोक्तालाई शुद्ध, सफा र स्वच्छ खानेपानी घरघरमै पुर्याउने लक्ष्यका साथ थालिएको कार्यलाई तोकिएको समयमै निर्माण सम्पन्न गने स्थानीयवासीले जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं