SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२२ गते
    ५५७ &#२३४६;&#२३३५;&#२३२५;

    हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गरेका थिए ।

    धुर्मुस-सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गर्न लागेको मेयर महतले बताए । रङ्गशाला निर्माण हुँदा हेटौंडालाई पनि फाइदा हुने भएकाले सहयोग गर्न लागेको उहाँले बताए ।रंगशाला निर्माणका लागि देशैभरीका स्थानीय सरकारको सहयोग आवश्यक रहेकोसमेत उनले बताए । रंगशाला निर्माणका लागि दिने भनेर घोषणा गरेको रकम केही आज धुर्मुस सुन्तलीलाइ पुगेर हस्तान्तरण गरेका छन् ।

    चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ ।सहयोग हस्तान्तरण गरेपछि सिताराम कटेल धुर्मुसले आफ्नो फेसबुकमा स्टाटस लेख्दै खुसि हुँदै धन्यवाद व्यक्त गरेका छन् । उनले लेखेको स्टाटस हेर्नुहोस जस्ताको तस्तै : जनताले चाहेको मेयर उहा जस्तो हो।

    जनस्तरबाट बन्दै गरेको गौत्तम बुद्द क्रीकेट रङशाला निर्माण अभियानको लागि आज हेटाैडा उपमहानगरपालिकाको तर्फबाट आदरणीय मेयर जनताको छोरा जनताको अभिभावक हरि बहादुर महत ज्युले रङशाला निर्माण स्थलमा आएर रु:३० लाख हस्तान्तरण गर्नुभएको मा बिशेस आभार अनि धन्यवाद ब्यक्त गर्न चाहन्छु। मेयर ,उपमेयर लगायत अन्य जनप्रतिनिधि हेटाैडा बासि आमा बुवा दाजुभाइ दिदिबहिनिहरु प्रति नमन…

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं