SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२२ गते
    ६३२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार ४ वर्षे कार्यकालको लागि सुवर्णमान नकर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा पार्वती वराल, सचिवमा गंगाधर सुवेदी, कोषाध्यक्षमा विपना मल्ल, सहसचिवमा ख्यामनाथ अधिकारी र सदस्यहरुमा केशबबहादुर भण्डारी, कृष्णमान श्रेष्ठ, विनोदकुमार थकाली, अञ्जु अधिकारी सर्वसम्मत चयन भएका छन् ।

    त्यसै गरी सन्तोषकुमार रानाभाटको संयोजकत्वमा सदस्यहरु रामचन्द्र पौडेल र वलभद्र नकर्मी रहेको लेखा समिति चयन गरेको छ ।साधारण सभाको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले उद्घाटन गरेकी थिईन । सल्लाहकार केशवराज भण्डारी, गजेन्द्रमान भारी र शेयर सदस्यहरुको तर्फबाट नीरा श्रेष्ठलगाएतले वोलेका थिए ।

    सो अवसरमा जेष्ठ शेयर सदस्य दरीकुमारी गुरुङ, उत्कृष्ट कारोवार कर्ता सन्तोषमान माकाजु, उत्कृष्ट कर्मचारी देवुकुमारी क्षेत्री कार्कीलाई दोसल्ला तथा सम्मानपत्र द्धारा सम्मान गरीएको थियो ।अध्यक्ष सुवर्णमान नकर्मीले सहकारीले हरेक वर्ष नयाँनयाँ सेवा सुविधा थप्दै शेयर सदस्यहरुलाई मुनाफा दिन प्रतिवद्ध रहेको वताउँदै हाल संस्थाको शेयर पुंजि १ करोड १९ लाख भन्दा वढि पुगेको वताएका थिए ।

    संस्थाले आर्थिक कारोबार मात्र नगरी उत्पादनसील क्षेत्रमा लगानी गर्र्दै आएको र सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यहरु गर्दै आएको प्रबन्धक सुनिल केसीले वताए ।सभाले कार्यबाहक कोषाध्यक्ष कृष्णमान श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।संस्थाका अध्यक्ष सुवर्णमान नमर्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गंगाधर सुवेदीले गरेका थिए भने स्वागत उपाध्यक्ष पार्वती वरालले र सहकारीको सात सिद्धान्त वाचन कर्मचारी प्रतिक्षा गुरुङले गरेकी थिइन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं