SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२२ गते
    ५१५ &#२३४६;&#२३३५;&#२३२५;

    मेलबर्न, : रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधी रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । हिजो सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै उक्त उपाधी हात पारेको हो ।

    खेल शुरु भएको पाँचौं आइतवार सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको सगरमाथा क्रिकेट क्लब २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रन बनाएको थियो । सगरमाथा क्रिकेट क्लबको लागि आशिष जिसीले ५४, अबिनाश पौडेलले २६ तथा कुशल तुलाधरले १७ रनको योगदान दिए ।रोयल राइनोजको लागि निरज श्रेष्ठले ३ तथा निरन्जन कार्की, पुकार भण्डारी तथा भिष्मले समान १/१ बिकेट लिए ।

    १३९ रनको बिजय लक्ष पछ्याउँदै जवाफी ब्याटिङ गरेको रोयल राइनोज क्रिकेट क्लब २० ओभरमा ७ बिकेट गुमाउँदै १३८ रनमा पुग्दा खेल टाइ हुन पुगेको थियो । रोयल रानोजका लागि मोहन पुनले ५८, मोहन टण्डनले २४ तथा निरज श्रेष्ठले ११ रनको योगदान दिए ।सगरमाथा क्रिकेट क्लबको लागि कुसल तुलाधरले ३ तथा समिप थापा, निकेश खनाल, साजेन्द्र श्रेष्ठले समान १/१ बिकेट लिए ।फाइनल खेल टाइ भएपछि सुपर ओभरमा खेलाइएको खेलमा रोयल राइनोज क्रिकेट क्लब बिजयी हुन पुगेको हो ।

    सुपर ओभरमा पहिला ब्याटिङ गरेको रोयल राइनोज १३ रन बनाउन सफल भयो । राइनोजका लागि निरज श्रेष्ठले ३ चौकाको मद्धतले १२ रनको योगदान दिए । सुपरोभरमा १३ रन पछ्याएको सगरमाथाले मात्रै ११ रन बनाउँदा कुशल तुलाधरले ७, आशिष जिसीले ३ बनाउँदा रोयल राइनोजका निरज श्रेष्ठले मात्रै ११ रन खर्चेर रोयल राइनोज बिएमडब्ल्यु क्रिकेट क्लबको उपाधी जित्दा सगरमाथा क्लब उपबिजेतामा सीमित हुन पुग्यो ।

    रोयल राइनोजलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मोहन पुन फाइनल खेलका प्लेयर अफ द म्याच चुनिए साथै पुनले बेस्ट ब्याट्सम्यान र फिल्डरको अवार्डसमेत जिते । त्यस्तै रोयल राइनोजका अभिनाश पौडेलले बेस्ट बलर र प्लेयर अफ द टुनामेन्टको अवार्ड हात पार्दा सगरमाथाका सुशन गुरुङले बेस्ट किपरको अवार्ड थापेका थिए । उपाधि बिजेता रोयल राइनोज र उप बिजेता सगरमाथाले अर्को साताबाट अस्ट्रेलियामै आयोजना हुनु म्याप क्रिकेट प्रतियोगितामा समेत छनोट भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं