SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२१ गते
    ५२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्दै छलफल अघि बढाएको छ। त्यहाँ समस्या बढ्दै गए नेपालीको उद्धार र सहजीकरण कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय आफै अन्यौलमा छ।

    ‘हामीले ती दुई मुलुक हेर्ने दूतावासलाई निर्देशन दिएका छौं भने खाडीमा रहेका अन्य दूतावासलाई पनि त्यहाँको परिस्थिति बारेमा बुझ्न भनेका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार भने, ‘समस्या बढेमा के गर्ने भनेर छलफल गरिरहेका छौं।’ बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खाडी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

    मन्त्रालयले खाडीमा ठूलो समस्या परे के गर्ने भनेर अहिलेसम्म विशेष अध्ययन र बहस गराएको थिएन। यस्तै समस्या पर्दा पटक–पटक भारतीय कामदारसँग उनीहरुकै सहयोगमा उद्धार गरेका विगत छ। खास परिस्थिति सिर्जना भए समस्या सम्बोधन गर्ने तयारी बैठक भएको जानकारी परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिएको छ।

    खाडीमा रहेका नेपाली कामदारसँग प्रत्यक्ष सरोकार राख्ने आकस्मिक बठक र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मन्त्री र अधिकारीहरु बीच छलफल भएको हो। छलफलमा मन्त्रालयले इरान र इराकमा भएका नेपालीहरुको प्रत्यक्ष सम्पर्कमा रहनका लागि दूतावासलाई निर्देशन दिएको छ। उनीहरुलाई हरेक क्षणको अवस्थाबारे परराष्ट्र मन्त्री, सचिव र महाशाखालाई जानकारी दिन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। ती दूतावासहरुको प्रतिवेदनका आधारमा त्यस क्षेत्रमा आफ्नो धारणा तय गर्ने र यसबारे विज्ञ बहस पनि गर्ने तयारी मन्त्रालयको छ। अन्नूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं